प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते | Khabarhub Khabarhub

प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्यालेस्टाइनी लडाकु समूहको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन् । घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अभिभस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन् ।

भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई बन्धक बनाएको उल्लेख गरेको छ । उसले सामाजिक सञ्जालमार्फत् हमासले १७ जनालाई बन्धक बनाएको जानकारी दिएको हो ।

शनिबार बिहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ५९ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ-  नेपाली बजारमा दुई दिनदेखि लगातार सुनको मूल्य घटेको छ

जनताको आश टालामा, नेताको ध्यान मालामा

काठमाडौं – ‘सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी

एमाले पदयात्रा आज बागलुङ पुग्ने

काठमाडौँ– नेकपा (एमाले)ले बैतडीबाट सुरु गरेको ‘झुलाघाट–चिवा भञ्जयाङ (पाँचथर)’ बाट

एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी

काठमाडौँ– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी