मुलुकको आर्थिक क्षेत्रका संकट समाधान गर्न अध्यक्ष नेपालको आग्रह « Khabarhub

मुलुकको आर्थिक क्षेत्रका संकट समाधान गर्न अध्यक्ष नेपालको आग्रह


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कावासोती– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका संकट, जनजिविका महँगीलगायत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उनले अर्थतन्त्रमा देखापरेको संकट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गराए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले क्रान्तिकारी मुद्दा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र समृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताए। उनले औद्योगिक विकास र मिटर ब्याजपीडितको पक्षमा पार्टी दृढतापूर्वक क्रियाशील रहेको जानकारी दिए । 

यही असोज १४ मा काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, छिन्नमस्तक, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जनकपुर, जलेश्वर, ढल्केबर, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगन्ज, पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा सम्पन्न भएको छ । पार्टीले सुरु गरेको समाजवादी जागरण अभियानमा अहिलेसम्म चार हजार नेता कार्यकर्ता पार्टीमा समाहित भएका छन् ।

पार्टीले यही असोज १४ गते मेचीदेखि सञ्चालन गरिएको अभियानका क्रममा कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका चार हजार नेता, कार्यकर्ता सो पार्टीमा समाहित भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दाबी गरे ।

कावासोतीपछि बर्दघाट र परासीमा पनि आज आमसभा गरिनेछ । पार्टीका शीर्ष नेताहरूबाट सम्बोधन गरिएका अभियानका क्रममा आमसभा, कोणसभा, अन्तरक्रिया, कार्यकर्ता भेला तथा पत्रकार सम्मेलन गरिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : २१ बजे

यस्तो छ कालीमाटीमा सुन्तला व्यापार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा यति बेला  सुन्तलाको

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

बाँके– ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कोहलपुर नगरपालिका- ११

एलजीले ल्यायो ओलेड टिभीमा विशेष मूल्य छुट 

काठमाडौं– नेपाल प्रीमिएर लिग- सिजन २ ‘ फेस्टिभल अफ हिमालयाज’ मनाउन एलजी

मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण, विश्वासको मत बुधबार लिने

काठमाडौं– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको

‘बिग बोस १९’ आज ग्रान्ड फिनाले : कसले जित्छ ट्रफी ?

काठमाडौं– चर्चित रियालिटी शो ‘बिग बोस १९’ आज आफ्नो अन्तिम