सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो « Khabarhub

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी खटाएर नियन्त्रणमा लिएको छ।

विमानस्थलमै समसामयिक विषयमा बोल्न पत्रकार सम्मेलन तयारी गरेपछि उनलाई सरकारले प्रहरी लगाएर सिधै घरमा पुर्‍याइिएको हो ।

उनले वालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो विवादित गतिविधिबारे कडा टिप्पणीको तयारी गरेका थिए ।

आइतबार गृहजिल्ला झापाबाट काठमाडौं फर्किएका प्रसाईंले विमानस्थलमै समसामयिक राजनीतिक घटनाक्रमबारे बोल्ने योजनासहित पत्रकार सम्मेलन गर्न लागेका थिए ।

तर प्रहरीले उनलाई विमानस्थलमा पत्रकार सम्मेलन गर्न नदिई नियन्त्रणमा लिएर भक्तपुरस्थित ठिमी (कमेराेटार) स्थित निवासमा पुर्‍याएको हो ।

विमानस्थलमा पत्रकार सम्मेलन गर्न नपाएपछि प्रसाईंले आइतबार दिउँसो ३ बजे ठिमीस्थित निवासमा पत्रकार सम्मेलन गरेर बोल्दैछन्।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १ : ५६ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको