आगामी शुक्रबारसम्म नयाँ मुख्यमन्त्रीमा दाबी गर्न कोशीका प्रदेश प्रमुखको आह्वान « Khabarhub

आगामी शुक्रबारसम्म नयाँ मुख्यमन्त्रीमा दाबी गर्न कोशीका प्रदेश प्रमुखको आह्वान


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आगामी शुक्रबारसम्मको समय दिएका छन् ।

निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख खापुङले आगामी शुक्रबार ५ बजेसम्मको समय दिएका हुन् ।

कोशी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बहुमत पुर्‍याउनसक्ने प्रदेश सभासदस्यलाई उक्त मिति र समयभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको हो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ५८ बजे

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौं– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडी– जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि