गाजापट्टी क्षेत्रमा दुवै तर्फ कम्तीमा ३०० जनाको मृत्यु « Khabarhub

गाजापट्टी क्षेत्रमा दुवै तर्फ कम्तीमा ३०० जनाको मृत्यु


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को रकेट आक्रमण र घुसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १०० इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा परी कम्तीमा ७०० इजरायली नागरिक घाइते भएको जनाइएको छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । यस अघि प्राप्त जानकारीमा गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली अधिकारीले पुष्टि गरेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका थिए ।

यसैबीच, गाजाबाट प्राप्त समाचार अनुसार इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु हुनुका साथै एक हजार ६१० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

“गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु भएको छ भने एक हजार ६१० जना घाइते भएका छन्,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । हमासले यसअघि गरेको रकेट आक्रमणको जवाफमा इजरायली हवाई आक्रमण गरिएको हो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ९ : १९ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा