चाडपर्वमार्फत सद्भाव फैलाउन अध्यक्ष ओली आग्रह | Khabarhub Khabarhub

चाडपर्वमार्फत सद्भाव फैलाउन अध्यक्ष ओली आग्रह


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सद्भाव फैलाउन आग्रह गरेका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले आज दसैँ–तिहार नेपाल सम्वत, छठपर्वको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “हाम्रो मुलुक भौगोलिक विविधिता भएकाले चाडपर्बमार्फत सामाजिक सद्भाव फैलाउनुपर्छ ।”

अध्यक्ष ओलीले आफ्नो विचार अरुले अनुशरण गरेर लाभ लिन सकुन् भनेर सामाजिक सञ्जालमा केही लेख्नुपर्ने पर्ने बताए । “फेसबुकमा स्टाटस लेख्छौँ भने अर्थपूर्ण लेख्नुपर्‍यो”, उनले भने, “स्टाटस लेख्दा गलत कुराको खण्डन र सही कुराको समर्थन र पक्षपोषण हुनुपर्दछ ।”

सामाजिक सञ्जालमा समाजलाई हानी पु-याउने अश्लिल, उत्ताउलो खालका कुरा नलेख्न अध्यक्ष ओलीले आग्रह गरे । सबैको भलाइको निम्ति सचेतना फैलाउने तरिकाले सामाजिक सञ्जालमा लेख्नुपर्नेमा जोड दिँदै उनले समाजलाई ठीक ठाउँमा लैजानका लागि राजनीतिक आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले हाम्रा चाडपर्व सामाजिक मूल्य–मान्यतासँग जोडिएको भन्दै चाडअनुसार मानिसको परिस्थिति पनि मिल्ने बताए । उनले अहिले नयाँ लुगा फेर्न र मिठो खानका लागि दसैँ पर्खने अवस्था कम मानिसमा रहेको बताए । “पहिले मिठो खान र लगाउन दसैँ पर्खनुपर्दथ्यो । त्यस्तो अवस्थामा थियो हाम्रो देश । आज त्यस्तो अवस्था छैन”, उनले भने, “अझै पनि केही मानिसलाई मिठो खाना र नयाँ लुगा लगाउनका लागि दसैँ पर्खनुपर्ने अवस्था रहेको छ । त्यो चिन्ताको विषय हो ।”

अध्यक्ष ओलीले ऋण बोकेर चाड नमाउन आग्रह गरे पनि अझै पनि केही मानिसलाई ऋण बोकेर दसैँ मनाउने गरेको बताए । उनले दसैँलाई सत्यको दियो जगाउने चेतनाको प्रकाश पुर्‍याउने चाडपर्वका रूपमा मनाउन आग्रह गरे ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १० : १८ बजे

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी