चाडपर्वमार्फत सद्भाव फैलाउन अध्यक्ष ओली आग्रह « Khabarhub

चाडपर्वमार्फत सद्भाव फैलाउन अध्यक्ष ओली आग्रह


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सद्भाव फैलाउन आग्रह गरेका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले आज दसैँ–तिहार नेपाल सम्वत, छठपर्वको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “हाम्रो मुलुक भौगोलिक विविधिता भएकाले चाडपर्बमार्फत सामाजिक सद्भाव फैलाउनुपर्छ ।”

अध्यक्ष ओलीले आफ्नो विचार अरुले अनुशरण गरेर लाभ लिन सकुन् भनेर सामाजिक सञ्जालमा केही लेख्नुपर्ने पर्ने बताए । “फेसबुकमा स्टाटस लेख्छौँ भने अर्थपूर्ण लेख्नुपर्‍यो”, उनले भने, “स्टाटस लेख्दा गलत कुराको खण्डन र सही कुराको समर्थन र पक्षपोषण हुनुपर्दछ ।”

सामाजिक सञ्जालमा समाजलाई हानी पु-याउने अश्लिल, उत्ताउलो खालका कुरा नलेख्न अध्यक्ष ओलीले आग्रह गरे । सबैको भलाइको निम्ति सचेतना फैलाउने तरिकाले सामाजिक सञ्जालमा लेख्नुपर्नेमा जोड दिँदै उनले समाजलाई ठीक ठाउँमा लैजानका लागि राजनीतिक आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले हाम्रा चाडपर्व सामाजिक मूल्य–मान्यतासँग जोडिएको भन्दै चाडअनुसार मानिसको परिस्थिति पनि मिल्ने बताए । उनले अहिले नयाँ लुगा फेर्न र मिठो खानका लागि दसैँ पर्खने अवस्था कम मानिसमा रहेको बताए । “पहिले मिठो खान र लगाउन दसैँ पर्खनुपर्दथ्यो । त्यस्तो अवस्थामा थियो हाम्रो देश । आज त्यस्तो अवस्था छैन”, उनले भने, “अझै पनि केही मानिसलाई मिठो खाना र नयाँ लुगा लगाउनका लागि दसैँ पर्खनुपर्ने अवस्था रहेको छ । त्यो चिन्ताको विषय हो ।”

अध्यक्ष ओलीले ऋण बोकेर चाड नमाउन आग्रह गरे पनि अझै पनि केही मानिसलाई ऋण बोकेर दसैँ मनाउने गरेको बताए । उनले दसैँलाई सत्यको दियो जगाउने चेतनाको प्रकाश पुर्‍याउने चाडपर्वका रूपमा मनाउन आग्रह गरे ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १० : १८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५