गोरखाको स्तुल खोलामा बेलिब्रिज निर्माण सम्पन्न « Khabarhub

गोरखाको स्तुल खोलामा बेलिब्रिज निर्माण सम्पन्न


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलिब्रिज निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिएका छन् ।

उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिकाको वडा नं ८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खाका बेला सबारीसाधन आवातजावतमा अत्यधिक कठिनाइ हुने गरेको थियो । बेलिब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माणको काम एक वर्षभित्रमा सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि ठेकेदार कम्पनीले चार महिनाभित्रै काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिए। बेलिब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई अहिले सजिलो भएको छ ।

पुल नबन्दा हिउँदका बेला जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा भने सवारी सञ्चालन गर्न नसक्ने अवस्था रहेको थियो । पुल निर्माण सम्पन्न भएसँगै आरुघाट गाउँपालिका–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका क्षेत्रका स्थानीय बासिन्दा विशेष लाभान्वित भएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : ५५ बजे

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर