इटालीको समुन्द्रमुनी भेटियो २ हजार वर्ष पुराना ३० हजार बढी सिक्का « Khabarhub

इटालीको समुन्द्रमुनी भेटियो २ हजार वर्ष पुराना ३० हजार बढी सिक्का


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

रोम– इटालीमा हालै ३० हजार भन्दा बढी पुरातात्विक महत्वका सिक्काहरू भेटिएका छन् ।  इस्वी चौथो शताब्दीका ३० हजार बढी ठूला तामाका सिक्काहरू इटालीको सार्डिनियाको तटमा फेला परेका हुन । 

एउटा डुबेको जहाजको अध्ययन गर्ने क्रममा हजारौँको सङ्ख्यामा सिक्काहरू फेला परेका हुन, जो इटालियन संस्कृतिलाई देखाउन र अझै बढी बुझन सजिलो हुने भएको छ । 

‘गोताखोरले अर्जाचेना सहर नजिकै उथले पानीमा केही धातुका अवशेषहरू देखे,’ इटालीको संस्कृति मन्त्रालयले भनेको छ, ‘यी रोमन काँसा अर्थात तामाका सिक्का पनि पछि बाइजान्टिन मुद्राको रूपमा प्रयोग गरिएको थियो ।’

यसरी फेला परेका सिक्काको कुल संख्या ३० हजारदेखि ५० हजारसम्म रहेको मन्त्रालयले जनाएको छ । यो सन् २०१३ मा युनाइटेड किंगडमको सिटनमा फेला परेको २२,८८८ फोलिस होर्डभन्दा बढी रहेको जनाईएको छ ।

प्राप्त गरिएका सबै सिक्काहरू संरक्षण गरिएको छ र यी तामा सिक्काहरुलाई दुर्लभको सुचीमा राखिएको छ । केवल केही अक्षर मात्रै क्षतिग्रस्त तर धेरैजसो अझै पनि पढ्न योग्य छन्। समाचार अनुसार यसरी फेला परेका सिक्काहरू ३२४ देखि ३४० ईस्वी सम्मको हो र रोमन साम्राज्यमा टकसालहरूले यसलाई उत्पादन गरेका थिए।

‘अर्जाचेनाको पानीमा भेटिएको खजानाले हालैका वर्षहरूमा न्यूमिमेटिक खोजहरूको सबैभन्दा महत्त्वपूर्ण आविष्कारहरूको प्रतिनिधित्व गर्दछ,’ ला रोकाले भने, ‘यस क्षेत्रमा असाधारण सम्पदा छ तर यो क्रमशः धेरै कमजोर अवस्थामा रहेको छ, निरन्तरको प्राकृतिक घटना र मानव कार्यद्वारा यी स्थलहरूलाई क्रमशः कमजोर बनाउँदै लगेको छ ।’

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ७ : ५० बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण