भुकम्पपीडितलाई दोलखाका ९ पालिकाद्वारा २० लाख सहयोग  | Khabarhub Khabarhub

भुकम्पपीडितलाई दोलखाका ९ पालिकाद्वारा २० लाख सहयोग 


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका नौ स्थानीय तहले जाजरकोट र रुकुम पश्चिम जिल्लाको भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन्। 

दोलखाका ९ वटा  स्थानीयतहहरुले २० लाख सहयोग गर्ने भएका छन् । दोलखाका स्थानीयतहले सोमबार  जिल्ला समन्वय समितिको कार्यालयमा बसेको पालिका प्रमुखहरूको बैठकले सो निर्णय गरेर रकम संकलनको तयारी थालिएको बैठकमा सहभागी मेलुङ  गाउँपालिकाका अध्यक्ष हिरा थोकरले जानकारी दिए।

जिल्लाको भीमेश्वर र जिरी नगरपालिकाले तीन तीन लाख सहयोग गर्ने छन् । यस्तै मेलुङ, शैलुङ, कालिञ्चोक, वैतेश्वर , बिगु, तामाकोशीगौरीशकर गाउँपालिकाले दुई दुई लाख गरी जम्मा २० लाख रुपैयाँ भुकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरिएको हो ।

२०८० साल कात्तिक १७ गते राति ११ः४७ जाजरकोट र रुकुम पश्चिम जिल्लामा  गएको भुकम्प गएको थियो । भुकम्पबाट दुई जिल्लामा गरी एक सय ५७ जनाको मृत्यु हुनुको साथै एक सय ६६ जना घाइते भएका थिए भने सयौं घर र दर्जनौं विद्यालय ध्वस्त बनाएको थियो। 

यता दोलखाको श्यामा निवासी नेपाली कांग्रेसका नेता जिपछिरीङ शेर्पाले पीडित लाई ११ लाख सहयोग गरेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : १६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य