भुकम्पपीडितलाई दोलखाका ९ पालिकाद्वारा २० लाख सहयोग  « Khabarhub

भुकम्पपीडितलाई दोलखाका ९ पालिकाद्वारा २० लाख सहयोग 


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका नौ स्थानीय तहले जाजरकोट र रुकुम पश्चिम जिल्लाको भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन्। 

दोलखाका ९ वटा  स्थानीयतहहरुले २० लाख सहयोग गर्ने भएका छन् । दोलखाका स्थानीयतहले सोमबार  जिल्ला समन्वय समितिको कार्यालयमा बसेको पालिका प्रमुखहरूको बैठकले सो निर्णय गरेर रकम संकलनको तयारी थालिएको बैठकमा सहभागी मेलुङ  गाउँपालिकाका अध्यक्ष हिरा थोकरले जानकारी दिए।

जिल्लाको भीमेश्वर र जिरी नगरपालिकाले तीन तीन लाख सहयोग गर्ने छन् । यस्तै मेलुङ, शैलुङ, कालिञ्चोक, वैतेश्वर , बिगु, तामाकोशीगौरीशकर गाउँपालिकाले दुई दुई लाख गरी जम्मा २० लाख रुपैयाँ भुकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरिएको हो ।

२०८० साल कात्तिक १७ गते राति ११ः४७ जाजरकोट र रुकुम पश्चिम जिल्लामा  गएको भुकम्प गएको थियो । भुकम्पबाट दुई जिल्लामा गरी एक सय ५७ जनाको मृत्यु हुनुको साथै एक सय ६६ जना घाइते भएका थिए भने सयौं घर र दर्जनौं विद्यालय ध्वस्त बनाएको थियो। 

यता दोलखाको श्यामा निवासी नेपाली कांग्रेसका नेता जिपछिरीङ शेर्पाले पीडित लाई ११ लाख सहयोग गरेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : १६ बजे

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को