इजरायली बमबारीले गाजाका ६० प्रतिशत अस्पताल र मेडिकल बन्द « Khabarhub

इजरायली बमबारीले गाजाका ६० प्रतिशत अस्पताल र मेडिकल बन्द


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजामा रहेका ६० प्रतिशत अस्पताल र मेडिकलहरु बन्द भएका छन् । निरन्तर इजरायली बमबारीका कारण चिकित्सक र मेडिकल सामाग्रीको अभावमा बन्द भएका हुन । 

प्यालेस्टिनी प्राधिकरणका मन्त्रीका अनुसार  गाजाका ६० प्रतिशत भन्दा बढी मेडिकल सुविधाहरू सेवा बाहिर छन । प्यालेस्टिनी प्राधिकरणका स्वास्थ्य मन्त्री माई अल काइलाका अनुसार गाजाका ६० भन्दा बढी अस्पताल र चिकित्सा केन्द्रहरू अब सेवा बाहिर रहेको जनाएका हुन् ।

इन्धन र चिकित्सा आपूर्तिको अभावका साथै इजरायली बमबारीका कारण ३५ अस्पतालमध्ये १६ र ७२ मेडिकल सेन्टरमध्ये ५१ वटा सञ्चालनमा नआएको अल काइलाले बताए।

प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले १४ हजार विस्थापित मानिसहरूलाई आश्रय दिने अल कुड्स अस्पतालमा इन्धन अभावको असरको बारेमा चेतावनी दिँदै गाजामा सहायता र आपूर्तिहरू उपलब्ध गराउन अन्तर्राष्ट्रिय स्वास्थ्य र राहत संस्थाहरूलाई तत्काल अपील गरेको छ।

‘अस्पतालको इन्धन भण्डार ४८ घण्टा भित्र सकिदैछ र जीवन बचाउने उपकरण, नवजात शिशु इन्क्युबेटर र सघन हेरचाह एकाइहरू काम गर्न बन्द हुनेछन्,’  क्रिसेन्टले सोमबार एक विज्ञप्तिमा भनिसकेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ९ : ४४ बजे

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो