मुद्रास्फीति नियन्त्रण गर्न अस्ट्रेलियाद्वारा ब्याजदरमा वृद्धि « Khabarhub

मुद्रास्फीति नियन्त्रण गर्न अस्ट्रेलियाद्वारा ब्याजदरमा वृद्धि


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ । रिजर्भ बैंक अफ अस्ट्रेलियाले नगद दरलाई एक चौथाइ प्रतिशतले कडाइ गरेर चार दशमलव ३५ प्रतिशत बनाएको छ ।

यो सन् २०११ पछिको उच्चतम स्तर हो । पाँच महिनामा यो पहिलो वृद्धि थियो र सेप्टेम्बरमा केन्द्रीय बैंकको गभर्नर पद सम्हालेपछि मिसेल बुलकको नेतृत्वमा यो पहिलो वृद्धि हो ।

पछिल्लो आँकडाले सेप्टेम्बर ३० देखि तीन महिनाका अवधिमा वार्षिक मुद्रास्फीति अपेक्षा गरिएको भन्दा बढी पाँच दशमलव चार प्रतिशतले भइरहेको अवस्थामा मुद्रास्फीतिमाथि नियन्त्रण गर्न गभर्नर बुलकले कदम चाल्ने व्यापक अपेक्षा गरिएको थियो ।

“अस्ट्रेलियामा मुद्रास्फीतिले आफ्नो चरम सीमा पार गरिसकेको छ तर अहिले पनि यो अत्यधिक ठूलो छ, केही महिनाअघिको अपेक्षाभन्दा लगातार बढिरहेको छ”, उनले एक विज्ञप्तिमा भनिने, “मुद्रास्फीति उचित समय सीमामा लक्ष्यमा आउने सुनिश्चित गर्नका लागि मौद्रिक नीतिलाई अझ कडा बनाउन आवश्यक छ वा छैन भन्ने कुरा तथ्याङ्क र जोखिमहरूको विकसित आकलनमा निर्भर गर्नेछ ।”

केन्द्रीय बैङ्कले सन् २०२५ को अन्त्यसम्ममा मुद्रास्फीतिलाई दुईदेखि तीन प्रतिशतमा फर्काउने प्राथमिकता रहेको उल्लेख गरेको छ ।

कोभिड–१९ महामारी र युक्रेन युद्धले मुद्रास्फीतिलाई बढावा दिँदा र केन्द्रीय बैंक प्रमुख ब्याज दरलाई आफ्नो अघिल्लो तल्लो स्तर शून्य दशमलव एक प्रतिशतबाट बढाउन बाध्य भएका कारण सन् २०२२ मेमा मुद्रास्फीति वृद्धिको शृङ्खलामा ब्याज दर बढाउने यो नयाँ कदम हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १ : १७ बजे

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण

सरकारविरुद्ध सडकमा उत्रिए युवा, वीर हस्पिटलतर्फ जाँदै गर्दा भद्रकालीमा रोकियो

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा