मुद्रास्फीति नियन्त्रण गर्न अस्ट्रेलियाद्वारा ब्याजदरमा वृद्धि | Khabarhub Khabarhub

मुद्रास्फीति नियन्त्रण गर्न अस्ट्रेलियाद्वारा ब्याजदरमा वृद्धि


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको छ । रिजर्भ बैंक अफ अस्ट्रेलियाले नगद दरलाई एक चौथाइ प्रतिशतले कडाइ गरेर चार दशमलव ३५ प्रतिशत बनाएको छ ।

यो सन् २०११ पछिको उच्चतम स्तर हो । पाँच महिनामा यो पहिलो वृद्धि थियो र सेप्टेम्बरमा केन्द्रीय बैंकको गभर्नर पद सम्हालेपछि मिसेल बुलकको नेतृत्वमा यो पहिलो वृद्धि हो ।

पछिल्लो आँकडाले सेप्टेम्बर ३० देखि तीन महिनाका अवधिमा वार्षिक मुद्रास्फीति अपेक्षा गरिएको भन्दा बढी पाँच दशमलव चार प्रतिशतले भइरहेको अवस्थामा मुद्रास्फीतिमाथि नियन्त्रण गर्न गभर्नर बुलकले कदम चाल्ने व्यापक अपेक्षा गरिएको थियो ।

“अस्ट्रेलियामा मुद्रास्फीतिले आफ्नो चरम सीमा पार गरिसकेको छ तर अहिले पनि यो अत्यधिक ठूलो छ, केही महिनाअघिको अपेक्षाभन्दा लगातार बढिरहेको छ”, उनले एक विज्ञप्तिमा भनिने, “मुद्रास्फीति उचित समय सीमामा लक्ष्यमा आउने सुनिश्चित गर्नका लागि मौद्रिक नीतिलाई अझ कडा बनाउन आवश्यक छ वा छैन भन्ने कुरा तथ्याङ्क र जोखिमहरूको विकसित आकलनमा निर्भर गर्नेछ ।”

केन्द्रीय बैङ्कले सन् २०२५ को अन्त्यसम्ममा मुद्रास्फीतिलाई दुईदेखि तीन प्रतिशतमा फर्काउने प्राथमिकता रहेको उल्लेख गरेको छ ।

कोभिड–१९ महामारी र युक्रेन युद्धले मुद्रास्फीतिलाई बढावा दिँदा र केन्द्रीय बैंक प्रमुख ब्याज दरलाई आफ्नो अघिल्लो तल्लो स्तर शून्य दशमलव एक प्रतिशतबाट बढाउन बाध्य भएका कारण सन् २०२२ मेमा मुद्रास्फीति वृद्धिको शृङ्खलामा ब्याज दर बढाउने यो नयाँ कदम हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १ : १७ बजे

ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१ दशमलव तीन

उत्तराखण्डको धरालीमा लेदोसहितको बाढीले बस्ती नै बगायो, चार जनाको मृत्यु, धेरै बपत्ता

काठमाडौं- भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीमा मंगलबार दिउँसो मुसलधारे वर्षापछि बाढी

राजेन्द्र पाण्डेको निष्कर्ष :‘कुलिङ पिरियड’ चलखेलमा सुरज दुरा, मीरा आचार्य र सुभास भट्टराई दोषी

काठमाडौं- संघीय निजामती सेवा विधेयकमा ‘गम्भीर त्रुटी’ भेटिएको निष्कर्षसहित जीवन

कोशीमा बिजुलीको ट्रान्सफरमर चोरी, १२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं– कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रूपमा बिजुलीको

सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मानित

काठमाडौं– दोलखा कानुन व्यवसायी समाजले त्यहाँ घर भई सर्वोच्च अदालतको