जनताको स्वास्थ्य र सुरक्षाप्रति प्रदेश सरकार संवेदनशील छ : मुख्यमन्त्री कार्की « Khabarhub

जनताको स्वास्थ्य र सुरक्षाप्रति प्रदेश सरकार संवेदनशील छ : मुख्यमन्त्री कार्की


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको स्वास्थ्य र सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।

धनकुटास्थित कोशी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०७९/८० मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी शुभारम्भ गर्दै उनले बजेट प्रतिस्थापन विधेयकमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी फरक  ढङ्गले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले जनसेवा र जनसुरक्षामा कमी हुन नदिन नयाँ स्वास्थ्य सुरक्षा नीति चाँडै घोषणा गरिने जानकारी दिए । उनले स्वास्थ्यकर्मी सरकारको अङ्ग भएकाले जनउत्तरदायी भएर कार्य गरेमा मात्र सरकारको सफलता देखिने विचार व्यक्त गरे ।

जनतालाई स्वस्थ बनाउन सेवा प्रवाहमा कुनै किसिमको हेलचेक्रयाई नगर्न निर्देशन दिँदै  मुख्यमन्त्री कार्कीले नैतिकवान् भएर स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरे ।

उनले आफ्नो ध्यान सरकार टिकाउनु नभइ सुशासन कायम गरी जनअधकारप्रति उत्तरदायी भएर कार्य गर्नु रहेको विचार पनि व्यक्त गरे ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुृर बस्नेतले  स्वास्थ्य कार्यक्रमहरुको प्रगति समीक्षा प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य ऐन आए पनि नीति र नियमावली नबनेका कारण स्वास्थ्य योजना बनाउन समस्या भएको बताए ।

तीनदिने गोष्ठीमा प्रदेशका १४ जिल्लाका स्वास्थ्य कार्यालय, तालिम केन्द्र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बीमा बोर्ड, जिल्ला अस्पताल, निजी शिक्षण अस्पताल, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १ : ३४ बजे

छैटौं पटक अनशनमा रूबी : निर्मला कुर्मीको न्यायका लागि प्रहरी कार्यालय परिसरबाटै गुहार्दै सरकार

काठमाडौं– अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

काठमाडौं- सरकारले ‘भन्सार नियमावली, २०६४’ लाई खारेज गर्दै नयाँ ‘भन्सार

इरानलाई अमेरिकाको नयाँ प्रस्ताव : परमाणु कार्यक्रम रोक्नेदेखि हर्मजु स्ट्रेट खोल्नेसम्म

वासिङ्टन- अमेरिकाले इरानसँग युद्धविरामका लागि फेरि नयाँ प्रस्ताव पठाएको छ।

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले