बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दुलालका सुरक्षा अधिकारी मृत फेला « Khabarhub

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दुलालका सुरक्षा अधिकारी मृत फेला


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका सुरक्षा अधिकारी मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदीलाई हेटौँडा–११ स्थित सहिद स्मारक नजिक पेटीको पासो लगाइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

धादिङ खानीखोला इलाका प्रहरी कार्यालयमा दरबन्दी रहेर हाल मन्त्री दुलालको सुरक्षागार्डका रुपमा काम गर्दै आएका सुवेदी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

सुवेदीलाई ‘मर्निङ वाकमा’ जानेहरुले रुखको फेदमा बसेको र घाँटीमा कम्मरमा बाँधिने पेटीले पासो लगाएको अवस्थामा फेलापारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ३ : ३८ बजे

‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा

अष्ट्रेलियामा बर्डफ्लुका कारण समुद्री चरा मरे

सिड्नी- दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा

इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता

एजेन्सी– विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौं– काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ