भूकम्पपछिको पुनःनिर्माणलाई व्यवस्थित बनाउन कांग्रेसको सुझाव « Khabarhub

भूकम्पपछिको पुनःनिर्माणलाई व्यवस्थित बनाउन कांग्रेसको सुझाव


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ – नेपाली कांग्रेसले भूकम्पपश्चात् राहत, पुनःस्थापना र पुनःनिर्माणलाई थप व्यवस्थित बनाउन सरकारलाई सुझाव दिएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि तत्कालीन र अल्पकालीन उपाय अपनाउन सरकारलाई सुझाव दिएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भूकम्पलगत्तै सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिका प्रशंशायोग्य रहेको भन्दै राहत, पुनःस्थापना र पुनःनिर्माणलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएको जानकारी दिए ।

उनले राहत, उद्धार र पुनःस्थापनाको कार्यमा एकद्वार प्रणालीमार्फत प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर सङ्घीय सरकारको अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने सुझाएको पनि बताए । भूकम्पमा घाइते भएकाहरुको सम्पूर्ण उपचार राज्य कोषबाट गर्ने व्यवस्थालाई राज्यको प्राथमिक जिम्मेवारीका रुपमा व्यवस्थित ढंगले सम्पादन गर्नुपर्ने उनले बताए ।

भूकम्पप्रभावित क्षेत्रका लागि प्रदेश र स्थानीय सरकारले बिशेष प्याकेज ल्याएर स्थानीय स्तरमा सिप र क्षमता बृद्धि गरि स्वरोजगार र रोजगारका अवसरहरु सिर्जना गर्ने तिर तत्काल कार्ययोजना बनाउन अपरिहार्य रहेको उनले बताए ।

यसैबीच कांग्रेसले महासमिति बैठकको पूर्वनिर्धारित मिति परिवर्तन गर्ने निर्णय गरेको छ । कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले राष्ट्रिय मेलमिलाप दिवसका अवसर पारेर पुसको १६ गतेबाट १९ गतेसम्म महासमिति बैठक आयोजना गर्ने जानकारी दिए ।

यसअघि मंसिर १३ देखि १५ गतेसम्म गर्ने भनिएको बैठक मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने निर्णय गरिएको थियो तर बिभिन्न कारणले पूर्वनिर्धारित मिति परिवर्तन गर्नुपरेको विश्वकर्माले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ५ : ०५ बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले