अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएका छन् : अर्थमन्त्री « Khabarhub

अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएका छन् : अर्थमन्त्री


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै मन्त्री महतले अहिले रेमिटेन्स वृद्धि भएको र पर्यटन व्यवसायमा उत्साह छाएको भन्दै अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएको बताएका हुन् ।

अर्थतन्त्रका नकारात्मक बिषयमा सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको उनले बताए । उनले अहिलेको अवस्थामा निराश हुनुपर्ने अवस्था नरहेको र आत्मविश्वास जगाउनुपर्ने आवश्यकता रहेको जिकिर गरे । मन्त्री महतले विश्व बैंक, एडिबीसँग जलवायु परिवर्तनको सन्दर्भमा न्यून ब्याजमा ऋण र अनुदानका विषयमा छलफल भएको भएको जानकारी दिए ।

त्यस्तै उनले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताए । नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : १८ बजे

मन्त्री घिसिङले लिए बागमतीको ढल व्यवस्थापनबारे जानकारी

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

राजधानीमा एमालेको प्रदर्शन, सवारी साधन डाइभर्सन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्‍याली

जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम

काठमाडौं– जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढेको छ। फ्लू

ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व न्यूनीकरणमा

कर्णालीका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन अन्तर्गतको शनिबारको