सहाराविहीनको सहारा सरकार हो : राष्ट्रपति पौडेल | Khabarhub Khabarhub

सहाराविहीनको सहारा सरकार हो : राष्ट्रपति पौडेल


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिका बेला आडभरोस गर्ने कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गरेका छन्।

सबैले मिलेर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले सहारविहीनको सहारा सरकार हुने बताए । जाजरकोट भूकम्पबाट भएको क्षति तथा भूकम्पपीडितको अवस्थाबारे जानकारी लिन आज भूकम्पको केन्द्रविन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयसँगको छलफलमा विपत्तिको मिलेर सामना गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

“ दैवी विपत्तिले सृजना गरेको अहिलेको विषम अवस्थामा हाम्रो कोही छैन भन्ने नठान्नु होला, हामीलाई सघाउने सरकार छ भन्ने ठान्नुहोला,” राष्ट्रपतिलाई उद्धृत गर्दै सल्लाहकार पोखरेलले बताए।

विपद्को समयमा युद्धस्तरमा काम गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले जनप्रतिनिधिलाई भूकम्पको क्षतिको वास्तविक तथ्याङ्क राख्न र पीडित नठगिउन भन्नेतर्फ सचेत हुन पनि सुझाव दिए । उनले राहत सामग्री वास्तविक भूकम्पपीडितले प्राप्त गर्ने सुनिश्चितता गर्न आग्रह गरे ।

जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ र सरकार भूकम्प प्रभावितको आवश्यक प्रबन्ध गर्न सदैव प्रयत्नशील बन्नुपर्ने उनले बताए।

राष्ट्रपतिले पौडेलले विगतमा जाजरकोट झाडाबान्ताको महामारीबाट प्रभावित भएका बेला पनि आफू यस क्षेत्रका जनतामाझ आएको सम्झना गर्दै अहिले पनि आफू पीडित जनताका साथमा रहेको बताए ।

राष्ट्रपतिले अस्थायी बसोवासको तत्काल प्रबन्ध गर्न, जाडो र वर्षायाममा समस्या नहुने गरी आवासको व्यवस्था गर्न तथा उपयुक्त स्थान पहिचान गरी घर निर्माण गर्न सुझाए ।

राष्ट्रपति पौडेलले जाजरकोट जिल्ला अस्पतालमा उपचाररत घाइतेलाई भेटेका थिए । भने भूकम्पपीडित, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग छलफल गरेका थिए ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले चार हजार तीन सय घरमध्ये दुई सय ४० पूर्णरुपमा ध्वस्त भएका, एक हजार आठ सय ९१ उच्च जोखिममा रहेका र एक हजार परिवार विस्थापित भएका जानकारी दिएका थिए ।

राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवंम् रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : ४८ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु