भारतद्वारा चीन र पाकिस्तानको सीमामा ३ एस-४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ | Khabarhub Khabarhub

भारतद्वारा चीन र पाकिस्तानको सीमामा ३ एस-४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले चीन र पाकिस्तानको सीमामा तीन वटा एस ४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ । भारतीय वायुसेनाले चीन र पाकिस्तानको सीमा क्षेत्रमा एस ४०० हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ ।

तीनमध्ये एउटा एस ४०० प्रणालीले चीन, अर्कोले पाकिस्तान र तेस्रो प्रणालीले चीन र पाकिस्तान दुबैको सीमा क्षेत्रलाई समेटिएको छ ।

भारतले सन् २०१८ मा ३५ हजार करोड भारतीय रुपैयाँमा रुससँग ५ वटा एस ४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता गरेको थियो । यसमध्ये तीन वटा एस ४०० प्रणाली प्राप्त भएको भारतीय वायुसेनाले जनाएको छ ।

थप दुई वटा प्रतिरक्षा प्रणाली प्राप्त गर्न भारत र रुसबीच चाँडै वार्ता हुने अपेक्षा गरिएको छ । यस प्रणालीले ४ सय किलोमिटर टाढाबाट आफ्नो लक्ष्य पत्ता लगाउन र उक्त लक्ष्यमा मार हान्ने क्षमता राख्दछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  २ : २५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले