प्रथम वीरगञ्ज गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा « Khabarhub

प्रथम वीरगञ्ज गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – झापा एफसीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रथम वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा आज सम्पन्न खेलमा झापा एफसीलाई दुई शून्य गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थानमा सुरक्षित गरेको हो ।

पहिलो हाफको ७ औँ मिनेटमा आर्मीका नीरजकुमार शाहले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । आर्मीले पाएको कर्नर किकमा झापाको पेनाल्टी एरिया नजिकैबाट हेड गर्दै शाहले बललाई गोलपोस्टको जाली चुमाउन सफल भए ।

पहिलो हाफ १–० मा सकिएको दोस्रो हाफको ६१ औँ मिनेटमा आर्मीकै फत्तेमान घलेले अर्को एक गोल थप्दै आफ्नो टिमको अग्रता दोब्बर पारे । घलेले डिबक्स एरिया बाहिरबाटै गरेको सुन्दर प्रहारले झापाको गोलपोस्टको जाली चुमेको थियो ।

आजको खेलमा ‘प्लेयर अफ दी म्याच’ हुनभएका आर्मी क्लबका घलेले क्वेस्ट फार्मासियुटिकलको तर्फबाट रु १० हजार नगद पुरस्कार प्राप्त गरे। अब आर्मीले फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा सङ्कटा क्लब काठमाडौँको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत बुधबार आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज र नेपाल पुलिस क्लबबीच पहिलो सेमिफाइनल भीडन्त हुनेछ । मधेस प्रदेशकै ठूलो पुरस्कार राशिको ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ मा प्रतियोगितामा आठ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष सुविन बस्नेतले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि जित्ने विजेता टिमलाई नगद रु ११ लाख ११ हजार एक सय ११ र उपविजेता टिमलाई नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी, प्रमाणपत्रलगायत प्रदान गरिने अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद रु १० हजार, विधागततर्फ उत्कृष्ट हुने खेलाडी जनही रु २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिने उनको भनाइ छ ।

प्रतियोगितामा दर्शकका लागि प्रवेश रु एक सय प्रवेश शुल्क पनि राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष सागर राणाले जानकारी दिए । सेमिफाइनलपछिको खेलमा प्रवेश शुल्क रु दुई सय गरिने उनलेब ताए । करिब १० हजार दर्शक अटाउने क्षमताको आदर्शनगर रङ्गशालामा सो प्रतियोगिताका लागि तीन हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिट पनि निर्माण गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ११ : ०१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा