पाशुपत क्षेत्रमा मासु तथा मदिरा प्रयोगमा रोक | Khabarhub Khabarhub

पाशुपत क्षेत्रमा मासु तथा मदिरा प्रयोगमा रोक


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ मन्दिर परिसर तथा आसपासको क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बिक्रीवितरण, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको छ ।

बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) २०८० लाई मध्यनजर गर्दै आजदेखि मंसिर २७ गतेसम्मका लागि मदिराजन्य पदार्थकाे प्रयोगमा रोक लगाइएको हो ।

पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा निषेधाज्ञा लागू गरिएको हो ।

कोही कसैले सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ७ : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’