अमेरिकी नागरिकको अनुभव : गाउँमा झाँक्रीसँग भेट भयो | Khabarhub Khabarhub

अमेरिकी नागरिकको अनुभव : गाउँमा झाँक्रीसँग भेट भयो



काठमाडौं – आजभन्दा ४० वर्षअघि अमेरिकाबाट नेपाल आउँदा लिट टेजवेल मस्त जवान थिए। विवाह भएको थिएन। नेपालको दुर्गम गाउँमा टेलिफोन, मोबाइलजस्ता सञ्चारका साधन थिएनन्। अहिलेजस्तो इमेल थिएन। विपरीत गोलाद्र्धमा रहेका आफ्ना परिवारजनबाट सम्पर्कविहीन बनेर उनी पूर्वी नेपालको एउटा दुर्गम गाउँको स्कुलमा पढाएर बसे। धनकुटा जिल्लाको चौबिसे गाउँपालिका- ७ मा पर्छ मौनाबुधुक स्कुल। त्यसबेला मावि थियो, अहिले उच्च मावि बनेको छ। धरानबाट भेडेटारसम्म गाडीमा गएर कुईभीरको बाटो हुँदै ५/६ घण्टा पैदल हिँडेपछि बल्ल विद्यालयमा पुगिन्थ्यो।

यही विद्यालयमा लिटले सेवा गरे। अनि यहीँबाट बुझ्ने अवसर पाए नेपाली समाज र संस्कृति। नेपालबाट फर्केपछि लिटले अमेरिकी सहयोग संस्था युएसआइडीमा काम गर्ने सिलसिलामा अफ्रिका र मध्य एसियाका देशहरुमा समेत काम गरे। यसैसाता उनी युएसआइडीले आयोजना गरेको एशिया स्तरीय कार्यक्रममा सहभागी हुन काठमाडौं आएका थिए। पाँच दिन काठमाडौंमा बिताएर फर्किसकेका छन्। काठमाडौं आएका बेला खबरहबले लिटसँग ४० वर्ष पहिलेको नेपाल र अहिलेको नेपालबारे कस्तो अनुभूति भयो भनेर सोधेको छ।

प्रस्तुत छ एक अमेरिकी पूर्वशिक्षकसँगको रोचक कुराकानी-
त्यसबेला स्वयंसेवकका रुपमा तपाईंको नेपाल यात्रा कस्तो थियो ?
सन् १९८४ मा पिसकोर स्वयंसेवकका रुपमा म नेपाल आएको थिएँ। मैले नेपाल, यहाँको हिमालजस्ता कुराबारे केही अध्ययन पनि गरेको थिएँ, त्यसले पनि मलाई नेपाल आउन प्रेरित ग¥यो। पिस कोरमा तीन महिनाको तालिमपछि म मौनाबुधुक मावि पुगेँ। तालिममा मैले नेपाली भाषा र नेपाली स्कुलमा अङ्ग्रेजी शिक्षण विधिबारे सिक्ने मौका पाएको थिएँ।

नेपाल नै किन रोज्नुभयो ?
मेरो पारिवारिक पृष्ठभूमिको कुरा गर्दा म सैनिक परिवारको मान्छे। मेरा बुबा सैनिक अधिकारी हुनुहुन्थ्यो। परिवारमा उहाँले नै मलाई जिम्मेवारीको बोध गराउनुभएको हो।

मलाई बच्चैबाट जीवनमा केही गर्नुपर्छ भन्ने लागेको हो। सानैमा मैले युरोपेली यात्रीहरुबारे पनि पढेको थिएँ। त्यसैले मलाई नयाँ संस्कृति जान्न र अनुभव गर्न मन थियो।

मौनाबुधुक स्कुल।

विश्वविद्यालयको अध्ययन सकेपछि मैले हैटी जाने अवसर पाएँ। त्यहाँ मैले पहिलोपल्ट गरिबी देखेँ। यसले मलाई केही गर्न थप प्रेरणा दियो। त्यतिखेर पिस कोर र यसको सेवाबारे मैले बुझेको थिएँ।हैटीबाट अमेरिका फर्केपछि मैले यसमा सेवा गर्नका लागि आवेदन दिएँ। आवेदन प्रक्रिया पूरा भएपछि मलाई नेपाल पठाइयो।

धनकुटाको दुर्गम गाउँ मौनाबुधुकमा तपाईँको पहिलो अनुभव कस्तो रह्यो ?
मौनाबुधुकमा पाइला टेक्ने अमेरिकी वा युरोपेली मूलको पहिलो मान्छे म नै थिएँ। मजस्तो विदेशीलाई देख्नु त्यहाँका गाउँलेका लागि पनि नौलो अनुभव थियो। त्यसैले पनि म उनीहरुका लागि आकर्षणको केन्द्रजस्तै थिएँ।
मलाई अझै याद छ, सुरु-सुरुमा मान्छेहरु मेरो वरिपरी झुम्मिन्थे। कसैले मलाई नियालेर हेर्थे। मेरा लागि पनि त्यो नौलो अनुभव थियो।

मौनाबुधुकका गाउँलेको आत्मीयता मेरो स्मृतिमा अझै ताजा छ। उनीहरुको आतिथ्य पनि छुट्टै थियो। गाउँलेहरु मलाई घरमा दालभात खान बोलाउथे। दसैँ, तिहारजस्ता चाडपर्वमा मलाई पनि सामेल गराउँथे। सामाजिक सद्भाव पनि उत्तिकै बलियो थियो।

त्यहाँ रहँदा तपाईँ के गर्नुहुन्थ्यो ?
मौनाबुधुक विद्यालयमा मैले दुई वर्ष काम गरेँ। तर, म विद्यालयमा मात्रै सीमित थिइनँ। नजिकैको स्वास्थ्य चौकीमा बस्ने भएकाले त्यहाँका स्वास्थ्यकर्मी, गाउँले, शिक्षकहरुसँग पनि मैले सम्बन्ध बनाएको थिएँ।

पढाउनुबाहेक त्यहाँका अगुवाहरु प्रधानाध्यापक हर्कप्रसाद लामा र शिक्षक राजेन्द्र चेम्जोङले मलाई सुन्तलाको व्यापारका लागि जोगाउने उपायदेखि प्राथमिक विद्यायलका शिक्षकलाई प्रशिक्षण दिनेसम्मका गतिविधिमा संलग्न गराउनुभयो। मैले त्यहाँका अरु स्कुलहरु पनि घुमेँ, त्यहाँका शिक्षण विधिबारे जानेँ। वरपरका गाउँघर घुमेँ।
त्यसबेला खुला दिसा गाउँमा चुनौतीका रुपमा थियो। खुला दिसापिसाबकै कारण धेरै रोगहरु फैलिन्थे। यसका लागि मैले नौलो उपाय अपनाएँ।

लिट टेजवेल

मैले १० कक्षामा पढ्ने विद्यार्थीका लागि चर्पी बनाउने प्रतियोगिता गराएको थिएँ। प्रतियोगिता जित्ने विद्यार्थीलाई नगद पुरस्कारको व्यवस्था थियो। यस प्रतियोगिताकै कारणले गर्दा धेरै चर्पी बनेका थिए।

स्वास्थ्यकर्मी र सामाजिक अगुवाहरुको सहयोगमा चर्पी बनाउने घरको तथ्यांक, उनीहरुको पारिवारिक विवरण, सरसफाइ गर्ने बानी, चर्पी निर्माणको विधिजस्ता कुराबारे सर्वेक्षण गरेर त्यसैका आधारमा विजेता छनोट गरिएको थियो।

त्यसैगरी, सेभ द चिल्ड्रेनको मातृ तथा शिशु स्वास्थ्य क्लिनकको सहकार्यमा हामीले धुवाँरहित (सुधारिएको) चुह्लो बनाएका थियौँ। माटो र ढुङ्गाबाट बनाइएको चुह्लोबाट हामीले दुई उद्देश्य पूरा गर्नु थियो। पहिलो, स्वास्थ्यबारे समुदाय र शिक्षकहरुसँग अन्तरक्रिया गर्ने र दोस्रो सफा ऊर्जा स्रोतका माध्यमबाट सरसफाइको चुनौतिलाई सम्बोधन गर्ने।
हामीले वनजङ्गल फँडानीविरुद्ध र सुधारिएको धुवाँरहित चुह्लोबारे जनचेतना जगाउन त्यहाँ ‘फर्जाइल माउन्टेन्स’ नामक डकुमेन्ट्री पनि देखाएका थियौँ। बिजुली पुगेको थिएन, जेनेरेटरबाट।

मैले १० कक्षामा पढ्ने विद्यार्थीका लागि चर्पी बनाउने प्रतियोगिता गराएको थिएँ। प्रतियोगिता जित्ने विद्यार्थीलाई नगद पुरस्कारको व्यवस्था थियो। यस प्रतियोगिताकै कारणले गर्दा धेरै चर्पी बनेका थिए।

हामीले त्यहाँ सेभ द चिल्ड्रेनको मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम र स्थानीय स्वास्थ्य चौकीसँगको सहकार्यमा धामी झाँक्रीका लागि पनि कार्यक्रम चलाएका थियौँ। त्यसबेला सामुदायिक स्वास्थ्य अभियन्ता अशोक शर्माले हामीलाई धेरै सहयोग गर्नुभएको थियो। त्यस कार्यक्रममा हामीले विशेषगरी झाडापखाला र निमोनियाको उपचारका लागि स्थानीय र आधुनिक उपचारका पद्धतीबारे समुदायलाई जानकारी दिएका थियौँ। त्यसपछि म अमेरिका फर्केँ।

अमेरिका फर्केपछि के गर्नुभयो ? बीचमा फेरि नेपाल आउनुभयो कि आउनुभएन ?
अमेरिका फर्केपछि म ‘ल स्कुल’ मा भर्ना भएँ। त्यसको एक वर्षपछि नै म काठमाडौंस्थित यूएसएआईडीमा सामेल भएँ। फेरि मौनाबुधुक तिरै फर्केँ।

मौनाबुधुकमा एकजना झाँक्रीसँग जम्काभेट भयो। भेटमा ती झाँक्रीले मसँग ‘रेफरल स्लिप’ मागे। ओहो ! छोटो समयमा नै गाउँमा धेरै परिवर्तन भएको देखेर म छक्क परेँ।

गाउँमा धेरै कुरा फेरिएका रहेछन्। प्रायः सबै घरमा चर्पी र सुधारिएको धुवाँरहित चुह्लो रहेछन्। गाउँका शिक्षकहरुले धेरै परिवर्तन ल्याएका रहेछन्। हामीले सुरु गरेका कार्यक्रमले सकारात्मक परिवर्तन ल्याएछ भनेर मलाई हर्ष लाग्यो।

अहिले मौनाबुधुकलाई कसरी सम्झिनुहुन्छ ?
मौनाबुधुकका गाउँलेको आत्मीयता मेरो स्मृतिमा अझै ताजा छ। उनीहरुको आतिथ्य पनि छुट्टै थियो। गाउँलेहरु मलाई घरमा दालभात खान बोलाउथे। दसैँ, तिहारजस्ता चाडपर्वमा मलाई पनि सामेल गराउँथे। सामाजिक सद्भाव पनि उत्तिकै बलियो थियो। त्यसैले पनि म त्यहाँको संस्कृति र परम्पराबाट निकै प्रभावित भएँ।

गाउँमा धेरै कुरा फेरिएका रहेछन्। प्रायः सबै घरमा चर्पी र सुधारिएको धुवाँरहित चुह्लो रहेछन्। गाउँका शिक्षकहरुले धेरै परिवर्तन ल्याएका रहेछन्। हामीले सुरु गरेका कार्यक्रमले सकारात्मक परिवर्तन ल्याएछ भनेर मलाई हर्ष लाग्यो।

त्यसबेलाको समयलाई कसरी सम्झिनुहुन्छ नि ?
मैले अघि पनि भनेँ, मौनाबुधुकको अनुभवले मेरो जीवनमा गहिरो छाप छाडेको छ। आर्थिक हिसाबमा कमजोर भएपनि त्यहाँका गाउँलेहरु आफैँले फलाएको अन्न र फलफूल खाएर बाँच्थे। गाउँलेको सँस्कृति र स्नेह पनि उत्तिकै प्यारो थियो। सामुदायिक अपनत्व पनि मेरो अपेक्षाभन्दा गहिरो थियो। यसले दुनियाँलाई हेर्ने मेरो दृष्टिकोण नै फेरिदियो।

नेपाल बसाइबाट मैले यहाँको हिन्दू, बौद्ध धर्मबारे जान्ने मौका पाएँ। गीताको उपदेश र स्थानीय लिम्बू समुदायबारे पनि मैले बुझ्न पाएँ। काठमाडौंमा हुँदा विपश्यना पनि पुगेँ। खप्तड बाबा पनि घुमेँ। जे होस्, नेपालमा रहँदा मेरो अध्यात्मप्रतिको रुची बढेर गयो।

त्यसबाहेक नेपाल बसाइले मलाई धेरै नै परिपक्व र यथार्थपरक बनाएको जस्तो लाग्छ। मौनाबुधुकको अनुभवलाई मैले जीवनको मार्गदर्शक सिद्धान्त नै मानेको छु। कर्पोरेट क्षेत्रको वकिलका रुपमा पेशागत जीवन सुरु गरेपनि यूएसए आईडीको माध्यमबाट म विकासको क्षेत्रमा आएँ। यतिका वर्षमा मैले विश्वका विभिन्न कुनामा पुगेर काम गरेको छु। तीन वर्ष पहिले रिटायर हुनुअघि अन्तिम पटक मैले मिसन डाइरेक्टरका रुपमा अफ्रिकाको मलावीमा काम गरेको थिएँ।

तपाईंले धेरै देशमा पुगेर काम गर्नुभएको छ, तपाईंलाई अरु देशको तुलनामा नेपाल कति फरक लाग्यो ?
हरेक देश आ-आफ्नो हिसाबमा फरक हुने भएकाले सीधै तुलना गरिहाल्न कठिन हुन्छ। हरेक देशमा आफ्नै किसिमका प्रचुरता, दरिद्रता, सुन्दरता, चुनौतीहरु हुन्छन्। तर, मैले नेपाल कुन अर्थमा फरक पाएँ भने यहाँ समुदायमा घुलमिल हुने धेरै अवसर पाइन्छ। यहाँ सजिलै गहिरो मित्रता र दिगो सम्बन्ध बनाउन सकिन्छ।

नेपाल बसाइबाट मैले यहाँको हिन्दू, बौद्ध धर्मबारे जान्ने मौका पाएँ। गीताको उपदेश र स्थानीय लिम्बू समुदायबारे पनि मैले बुझ्न पाएँ। काठमाडौंमा हुँदा विपश्यना पनि पुगेँ। खप्तड बाबा पनि घुमेँ। जे होस्, नेपालमा रहँदा मेरो अध्यात्मप्रतिको रुची बढेर गयो।

एउटा उदाहरण दिन्छु- पिस कोरमा हुँदाखेरि मलाई भाषा सिकाउने शिक्षकले भर्खरै एउटा बिहेको निम्तो दिए। यस्ता अनुभवले मेरो जीवनमा गहिरो छाप पारेको छ।

मैले मलावी र नेपालबीच धेरै समानता पनि देखेको छु। दुबै देशको आतिथ्य उत्तिकै न्यायो लाग्यो। दुबै देशबीच धेरै समानता छन्। उदाहरणका लागि दुबै देश भूपरिवेष्ठित, आर्थिक रुपमा ठीकै। दुबै देशले गर्ने निर्यात पनि सीमित छन्। तर, दुबै देशका मान्छे चाहिँ आत्मीय छन्।

जहाँसम्म सुन्दरताको कुरा छ, मलावी पनि सुन्दर छ, त्यहाँको सुन्दरतालाई नकार्न सकिन्न। तर नेपाल अर्कै छ, नेपाल नै मेरो अनुभवको उत्कर्ष हो।

अहिले आउँदा चाहिँ नेपाललाई कस्तो पाउनुभयो ?
यसपटक नेपाल फर्किँदा मेरो बसाइ काठमाडौंमा मात्रै सीमित भयो। उपत्यकाका केही ठाउँ घुम्दा यहाँ धेरै विकास भएजस्तो लाग्यो। भीडभाड र धुवाँधुलो चाहिँ बढेको रहेछ। पहिले पनि हावाको गुणस्तर चिन्ताजनक नै थियो, अहिले त्यो झन् खराब भएको रहेछ। नेपालले जलस्रोतको उपयोग गरेर स्वच्छ ऊर्जामा जोड दिनुपर्ने मेरो बुझाइ रह्यो।
यी चिन्ता आफ्नो ठाउँमा छन्, तर यहाँ पूर्वाधारका क्षेत्रमा धेरै परिवर्तन आएको रहेछ।

यो देशले प्रविधिलाई राम्रैसँग सदुपयोग गरिरहेको रहेछ भन्ने लाग्यो। सुरक्षाको कुरा गर्दा यहाँ ढुक्क भएर हिँड्न पाइन्छ। अरु देशजस्तो यहाँका सडकमा लुटपाटको जोखिम छैन।

बिजुली, टेलिफोन र भरपर्दो इन्टरनेटको विस्तार भएको रहेछ। यो देशले प्रविधिलाई राम्रैसँग सदुपयोग गरिरहेको रहेछ भन्ने लाग्यो। सुरक्षाको कुरा गर्दा यहाँ ढुक्क भएर हिँड्न पाइन्छ। अरु देशजस्तो यहाँका सडकमा लुटपाटको जोखिम छैन। मेरो विचारमा यहाँको संस्कृतिका कारणले पनि यस्तो सुरक्षाको अनुभूति भएको हुनसक्छ। मेरो दृष्टिकोणमा नेपाल अझै पनि अध्यामिक देश हो।

अर्को वर्ष फेरि म नेपाल फर्किन्छु होला। त्यसबेला अझै धेरै घुमफिर गरौँला र यहाँ देखा परेका परिवर्तनबारे विस्तारमा भनौँला।

४० वर्ष अघि धनकुटा जिल्लाको चौबिसे गाउँपालिका– ७ को मौनाबुधुक स्कुलका शिक्षकसँग लिट टेजवेल ।

अन्त्यमा, पिस कोरमा संलग्न रही नेपाल बसेर सेवा गरिरहेका स्वयंसेवकलाई के सल्लाह दिनुहुन्छ ?
मेरो सल्लाह स्पष्ट छ, यहाँ पाइने अनुभवको मजा लिनुहोस्। गाउँघरमा घुलमिल हुनुहोस्। यहाँका मान्छेसँग सम्बन्ध बनाउनुहोस्। यहाँको सँस्कृति बुझ्ने प्रयास गर्नुहोस्। यस्तो अनुभव तपाईको जीवनभर रहन्छ। यस्ता कुराले तपाईले सेवा गर्ने समुदाय मात्रै होइन, तपाईको आफ्नै जीवनमा पनि गहिरो छाप छाड्छ। नेपाल पिस कोरमा काम गर्नु एउटा यात्राजस्तै हो, यो यात्रालाई आत्मसात गर्नुहोस्।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ११ : २५ बजे

हनुमन्ते नदी पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान

भक्तपुर – भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि

दार्चुलाबाट लक्ष्यभन्दा कम यार्सागुम्बा निकासी

दार्चुला – गत आर्थिक वर्षमा दार्चुलाबाट छ सय ७४ किलोग्राम

गाजामा मृत आमाको कोखबाट नवजात शिशुको उद्धार

गाजा – इजरायली आक्रमणमा ज्यान गुमाएकी एक आमाको कोखबाट एक

सालको अवैध काठसहित भारतीय सफारी गाडी नियन्त्रणमा

रौतहट –सशस्त्र प्रहरी र वन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्रबाट

आजका समाचार : त्रिशूलीमा खसेका यात्रु खोज्न भारतीय टोली परिचालन, बंगलादेशमा राष्ट्रव्यापी कर्फ्यु

आइतबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप नेकपा एमालेले