बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु « Khabarhub

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थापना सुरु गरिएको छ । बुधबार नेपालगञ्ज उपमहानगरपालिका–१६ जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रका ६५१, ११ (३१) नम्बरको सीमास्तम्भमा रङरोगन गरिएको छ ।

नापी विभागका अधिकृत पवनकुमार खत्रीले सीमास्तम्भमा गरिने रङरोगनका बारेमा प्राविधिक सहयोगसम्बन्धी जानकारी बाँकेका सशस्त्र प्रहरीलाई गराइएको बताए ।

विभागबाट प्रतिनिधिका रुपमा आएका अधिकृत खत्रीले सीमा क्षेत्रमा ढलेका र हराएका स्तम्भको काम हाल नहुने बताउँदै उक्त कार्य गर्नका लागि दुवै देशका संयुक्त सीमा प्राविधिक टोलीद्वारा सीमास्तम्भको स्थितिको पहिचान गरिसकेपछि मात्र गरिने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राज्यले सुम्पिएको सीमा मर्मत र पुनःस्थापनामा सशस्त्र प्रहरीबल सीमा नं. ३० गणका सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीलाई पूरा गर्नेमा विश्वस्त रहेको बताए ।

सीमास्तम्भको रङरोगन स्तम्भमा रङ लगाएर नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, सशस्त्र प्रहरीबल नं ३० गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाही, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, भारतीय सशस्त्र सीमा बल नं. ४२ बटालियनका डेपुटी कमाण्डेन्ट अनिल यादव, असिस्टेन्ट कमाण्डेन्ट वासुकी पाण्डेले गरेका थिए ।

सशस्त्र प्रहरी बल नं ३० गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाहीका अनुसार बाँकेमा मुख्य सीमास्तम्भ ३२ छन् भने सहायक सीमास्तम्भ दुई सय ७९ गरी जम्मा सीमास्तम्भ तीन सय ११ छन् ।

उनले मर्मतसम्भार तथा रङरोगन गर्नुपर्ने सीमास्तम्भअन्तर्गत ३१ वटा सीमास्तम्भ रङरोगन गर्न बाँकी रहेका र ४० वटा सीमास्तम्भ सामान्य मर्मत गर्न बाँकी रहेका बताए । बाँकेमा चार वटा मुख्य र ६७ वटा सहायक गरी जम्मा ७१ वटा सीमास्तम्भको रङरोगन तथा मर्मत भइहेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी छ जिल्लामा सीमास्तम्भको मर्मत मर्मत भइहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ९ : १५ बजे

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा