नेपाली सेनाका उपरथी सिग्देल रथीमा बढुवा « Khabarhub

नेपाली सेनाका उपरथी सिग्देल रथीमा बढुवा


२१ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेकाे छ ।

आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

रथीमा बढुवा भएसँगै प्रभुराम शर्मापछि सिग्देल प्रधानसेनापति हुने लगभग निश्चित भएको छ ।

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डाले उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिस रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद बैठकमा पेस गरेका थिए ।

यसअघि रोलक्रममा रहेका उपरथी तारा ध्वज पाण्डेको उमेर विवाद बाहिर आएपछि उनले राजीनामा दिएका थिए ।

यसैगरी सरकारले खानेपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतम तथा सदस्यमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णयसमेत भएको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ११ : ४६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४