बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र | Khabarhub Khabarhub

बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङको मेरुदण्डको रुपमा रहेको स्थलमार्ग बेँसीशहर–चामे सडकखण्डमा नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । 

ट्र्याक खोलिएको २१ वर्षपछि उक्त सडकखण्डको बेँसीसहरदेखि खुदीसम्म नौ किलोमिटर कालोपत्र गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजनाका सब इञ्जिनीयर सुमन अधिकारीले जानकारी दिएका छन् । लमजुङको बेँसीसहर नगरपालिका–६ बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–१ खुदीसम्म कालोपत्र भएको उनले बताए। 

उक्त सडकमा  विसं २०५९ मा नेपाली सेनाले ट्र्याक खोलेको थियो ।सडक कालोपत्र गरिसक्नुपर्ने मिति विसं २०८० असार मसान्तसम्म भए पनि समयमा काम पूरा नभएपछि म्याद थप गरिएको सब इञ्जिनीयर अधिकारीले बताए। उनले भने, ‘विसं २०८१ असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।’ यस सडकको ठाउँ ठाउँमा मापदण्ड अनुसारको कालोपत्र नभएको गुनासो आउने गरेको छ । यस सडक कालोपत्र गर्नका लागि भित्तामा कटानपछि पर्खालमा गोलो ढुङ्गा प्रयोग गरिएको गुनासो आउने गरेको छ ।

 भित्ताको आवश्यकताअनुसार नै ढुङ्गालगायत वस्तु उपयोग गरिएको र सडकको कालोपत्रको मोटाइ पाँच सेन्टिमिटरक रहेको इन्जिनीयर अधिकारीले बताए । आशिष-अनिष जेभी कन्स्ट्रक्सन प्रालिले सडक कालोपत्रका लागि विसं २०७८ वैशाख २२ मा ठेक्का पाएको थियो । कूल रु ५२ करोड ९६ लाख १६ हजार लागत अनुमान गरिएकामा  रु २५ करोड ३२ लाख १३ मा कालोपत्र गर्ने सम्झौता भएको थियो । 

तोकिएको समयमा कालोपत्र पूरा गर्न नसकिएपछि हालै मात्र विसं २०८१ असार मसान्तसम्म कालोपत्र गर्ने गरी म्याद थप गरिएको अधिकारीले जानकारी उनले दिए। बेँसीसहरदेखि ६५ किलोमिटर दूरी रहेको चामेसम्मको सडकमध्ये ३५ किलोमिटर सडक लमजुङमा पर्दछ भने मनाङमा ३० किलोमिटर रहेको छ । हाल यस सडकलाई विस्तार गर्दै मनाङको माथिल्लो भेग खाङ्सारसम्म सडक सञ्जाल पुर्‍याइएको आयोजनाले जनाएको छ । 

ट्र्याक खोलिएको लामो समयसम्म यस सडकखण्डको स्तरोन्नति हुन नसक्दा अन्नपूर्ण पदमार्गमा आउने पर्यटक तथा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको मनाङमा आउने आन्तरिक तथा बाह्य पर्यटक जोखिमयुक्त स्थलमार्गबाट आवत–जावत गर्दछन् । अन्नपूर्ण पदमार्गअन्तर्गतको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पाँच हजार चार सय १६ मिटर उचाइबाट कटेर मुस्ताङ निस्कने गरिन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  २ : ४३ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन– कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए ।

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच