बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र « Khabarhub

बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङको मेरुदण्डको रुपमा रहेको स्थलमार्ग बेँसीशहर–चामे सडकखण्डमा नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । 

ट्र्याक खोलिएको २१ वर्षपछि उक्त सडकखण्डको बेँसीसहरदेखि खुदीसम्म नौ किलोमिटर कालोपत्र गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजनाका सब इञ्जिनीयर सुमन अधिकारीले जानकारी दिएका छन् । लमजुङको बेँसीसहर नगरपालिका–६ बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–१ खुदीसम्म कालोपत्र भएको उनले बताए। 

उक्त सडकमा  विसं २०५९ मा नेपाली सेनाले ट्र्याक खोलेको थियो ।सडक कालोपत्र गरिसक्नुपर्ने मिति विसं २०८० असार मसान्तसम्म भए पनि समयमा काम पूरा नभएपछि म्याद थप गरिएको सब इञ्जिनीयर अधिकारीले बताए। उनले भने, ‘विसं २०८१ असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।’ यस सडकको ठाउँ ठाउँमा मापदण्ड अनुसारको कालोपत्र नभएको गुनासो आउने गरेको छ । यस सडक कालोपत्र गर्नका लागि भित्तामा कटानपछि पर्खालमा गोलो ढुङ्गा प्रयोग गरिएको गुनासो आउने गरेको छ ।

 भित्ताको आवश्यकताअनुसार नै ढुङ्गालगायत वस्तु उपयोग गरिएको र सडकको कालोपत्रको मोटाइ पाँच सेन्टिमिटरक रहेको इन्जिनीयर अधिकारीले बताए । आशिष-अनिष जेभी कन्स्ट्रक्सन प्रालिले सडक कालोपत्रका लागि विसं २०७८ वैशाख २२ मा ठेक्का पाएको थियो । कूल रु ५२ करोड ९६ लाख १६ हजार लागत अनुमान गरिएकामा  रु २५ करोड ३२ लाख १३ मा कालोपत्र गर्ने सम्झौता भएको थियो । 

तोकिएको समयमा कालोपत्र पूरा गर्न नसकिएपछि हालै मात्र विसं २०८१ असार मसान्तसम्म कालोपत्र गर्ने गरी म्याद थप गरिएको अधिकारीले जानकारी उनले दिए। बेँसीसहरदेखि ६५ किलोमिटर दूरी रहेको चामेसम्मको सडकमध्ये ३५ किलोमिटर सडक लमजुङमा पर्दछ भने मनाङमा ३० किलोमिटर रहेको छ । हाल यस सडकलाई विस्तार गर्दै मनाङको माथिल्लो भेग खाङ्सारसम्म सडक सञ्जाल पुर्‍याइएको आयोजनाले जनाएको छ । 

ट्र्याक खोलिएको लामो समयसम्म यस सडकखण्डको स्तरोन्नति हुन नसक्दा अन्नपूर्ण पदमार्गमा आउने पर्यटक तथा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको मनाङमा आउने आन्तरिक तथा बाह्य पर्यटक जोखिमयुक्त स्थलमार्गबाट आवत–जावत गर्दछन् । अन्नपूर्ण पदमार्गअन्तर्गतको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पाँच हजार चार सय १६ मिटर उचाइबाट कटेर मुस्ताङ निस्कने गरिन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  २ : ४३ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै