सर्वोच्चका लागि सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी « Khabarhub

सर्वोच्चका लागि सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो । 

सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका नाममा छ, टेकप्रसाद ढुङ्गानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिएका छन् । उनका अनुसार सिफारिस भएका न्यायाधीशमा महेश शर्मा पौड्याल, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाममा कुनै पनि उजुरी परेको छैन ।

समितिका सदस्यहरूले उजुरीउपर र कार्ययोजनाको विषयमा विस्तृतरुपमा अध्ययन गर्नुपर्ने भएकाले केही दिन समय दिनुपर्ने माग गरेपछि अध्ययन समितिले सिफारिस भएका न्यायाधीशहरूको सुनुवाइका लागि यही मङ्सिर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै, आजको बैठकमा सुनुवाइका लागि मङ्सिर २९, आगामी पुस १ र २ गते दुई-दुई जनाको गर्ने निर्णय भएको हो ।

न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि यही मङ्सिर ५ गते छ जनाको नाम सिफारिस गरेको थियो ।

पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार

संसदीय सुनुवाइ समितिको आजको बैठकले पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस हुनु भएका शनिल नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने भएको छ ।

समितिका सभापति जबराले आज उनीविरुद्ध एक उजुरी परेको जानकारी दिँदै उनको सुनुवाइ भोलि २ः३० बजेका लागि तय भएको जानकारी दिएका छन् ।

बैठकमा मुलुक आर्थिक संकटमा परिरहेको अवस्थामा के कारणले त्यहाँ दूतावास खोल्नुपरेको हो सोको कारणबारे समितिका सदस्य महेश बर्तौलाले सरकारका तर्फबाट जानकारी गराउनुपर्ने माग गरेका थिए ।

सोही विषयमा समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विषयमा परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर छलफल गर्नुपर्ने कुरा राखे । उक्त विषयलाई लिएर समितिका सभापति जबराले राजदूतको सुनुवाइ हुनुभन्दा अगाडि परराष्ट्रमन्त्रीलाई बोलाएर उक्त विषयमा जानकारी लिने बैठकमा जानकारी दिए।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  २ : ५१ बजे

काठको मुढाले च्यापिएर बालकको मृत्यु

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर

संवैधानिक परिषदमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भनाभन (वार्तासहित)

काठमाडौँ । बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्याे ।

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र