भरतपुर भ्रमण वर्ष २०२४ लाई साईडबोट उपकरण उपलब्ध « Khabarhub

भरतपुर भ्रमण वर्ष २०२४ लाई साईडबोट उपकरण उपलब्ध


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै साईडबोट उपकरण उपलब्ध भएको छ । मित्र राष्ट्र चीनको सिआन सिटीका प्रतिनिधिले बिहिबार भरतपुर महानगरपालिका पुगेर पर्यटकीय पूर्वाधार साईडबोट उपलब्ध गराएको हो ।

 साईडबोट भनेको एआई प्रविधि जडित तस्वीर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा हो । यो उपकरणलाई चीनको सिआनबाट आएको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेको थियो ।

 यो उपकरणले १० किलोमिटर टाढाका दृश्यहरूलाई सजिलै कैद गर्न सक्छ । एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सक्ने निर्माण कम्पनीले जनाएको छ ।

चेम्बर अफ कर्मशका सेक्रेटरी डा उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्ने छ । बाँकी स्थानमा आवश्यक उपकरण ल्याउने जनाएको छ ।

भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट लाभ लिन सक्ने छन् । कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर भरतपुरको प्रचारप्रसार गर्न सकिन्छ । भरतपुरमा प्रमुख ७ पर्यटकीय गन्तव्यसहित ३ दर्जन पर्यटकीय स्थानहरू रहेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ७ : १४ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको