तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी तिव्र | Khabarhub Khabarhub

तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी तिव्र


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तामाङ कलाकारहरूकाे छाता संगठन नेपाल तामाङ कलाकार संघको आयोजनामा तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी तिव्र पारिएकाे छ ।

तामाङ मौलिक गीत, संगीत, सभ्यता र संस्कृतिको उत्थान तथा प्रबर्द्धन गर्ने मुख्य उदेश्य राखेर तेस्रो पटक महोत्सव गर्न लागेको संघका अध्यक्ष विशाल काल्तानले जानकारी गराए । साथै उनले डम्फू संस्कृतिले तामाङहरुको उत्पत्ति र सभ्यताको विषयमा उजागर गर्ने अनि तिनै डम्फूको जगमा सिर्जित सेलो संस्कृति र ताम्बा संस्कृतिको संरक्षण गर्न महोत्सवले टेवा पुर्‍याउने बताए ।

हराउँदै गएको तामाङ पहिचानलाई बचाउन सांस्कृतिक चिनारी डम्फूताम्बा संस्कृतिलाई राष्ट्रियकरण गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ । मंसिर २९ र ३० गते बौद्ध चुच्चेपाटीस्थित हायत होटलको प्राङ्गणमा हुने उक्त महोत्सवको तयारी तिव्र बनाइरहेका छन् । सांस्कृतिक प्रस्तुतिहरू देखि प्राविधिक कार्यहरूको समेत तयारी करिब करिब अन्तिम चरणमा पुगेको छ ।

महोत्सवमा सांस्कृतिक प्रस्तुतिहरूको साथमा विभिन्न कला, संस्कृति, भेषभुषा र तामाङ पहिचान दिने विभिन्न खानाका परिकारहरूको समेत स्टल रहनेछ । बौद्ध स्थित तामाङ सङ्घसंस्थाहरूसँगको सहकार्यमा सांस्कृतिक र्याली सहित बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गर्ने संघका महासचिव खेम मोक्तानले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ७ : २६ बजे

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा