विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

आज मंसिर २१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पूर्वयुक्रेनी राजनीतिज्ञको मस्कोमा हत्या
मस्को– युक्रेनका  संसद् सदस्य इल्या किभाको बुधबार मस्को नजिकैको एउटा होटल पार्कमा साइलेन्सर हतियारद्वारा हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अज्ञात आक्रमणकारीले साइलेन्सरसहितको सानो बन्दुकबाट किभाको हत्या गरेका हुन् । समाचार समिति तासका अनुसार उनी बसेको होटलको पार्कमा उनको शव भेटिएको थियो । 

सरकारी आरआईए नोभोस्ती समाचार समितिका अनुसार युक्रेनको रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशनालय (जियुआर) ले किभाको मृत्युको जिम्मेबारी लिएको छ । जियुआरका प्रवक्ता एन्द्रे युसोभले टेलिभिजनमा उनको हत्यामा जियुआरको संलग्नता स्वीकार गरेका छन् । 

ओडिन्त्सोभो जिल्लास्थित सुपोनेभो गाउँको होटलमा किभाको शव फेला परेपछि मस्को क्षेत्रका अनुसन्धानकर्ताहरूले हत्याको आपराधिक मामिला खोलेका छन् । प्रहरी अधिकारीहरू घटनास्थल पुगेर घटनाको सबै परिस्थिति स्पष्ट गरिरहेका छन् ।

अमेरिकी सेनाले ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्ड गर्दै
अमेरिकी सेनाले बुधबार आफ्नो  भी- २२ ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्डिङ गरिरहेको छ। वायुसेनाको सो विमान जापानको तटमा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका आठ अमेरिकी सेनाको मृत्यु भएको एक हप्तापछि अनेरिकलाले फ्लीटलाई ग्राउन्डिङ गर्न लागेको हो । 

युएस एयर फोर्स स्पेशल अपरेशन कमान्डले विज्ञप्ति जारी गर्दै यसका कमान्डर टोनी बाउर्नफेन्डले नोभेम्बर २९ को तटमा सी भी(२२ ओस्प्रेको दुर्घटना बारे अनुसन्धान जारी रहँदा जोखिम न्यूनीकरण गर्नू स्ट्यान्डडाउनको निर्देशन दिइएको जनाएको छ । 

 गत हप्ता सो विमानमा सवार आठ जना चालक दलका सदस्यहरू दक्षिणी जापानको याकुशिमा टापुमा मारिएका थिए । मारिने ती सबै एएफएसओसीका सैनिक थिए। 

विज्ञप्तिमा भनिएको छ-प्रारम्भिक अनुसन्धानले सम्भावित उपलब्ध सामग्रीको विफलताले दुर्घटना निम्तिएको जनाएको छ । तर यस बारे वास्तविक कारण अझै पत्ता लागेको छैन।

चिनियाँ उपराष्ट्रपति र होन्डुरसका कङ्ग्रेस अध्यक्ष बीच भेटवार्ता

चीनका उपराष्ट्रपति हान झेङले होन्डुरसको राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष लुइस रेडोन्डोसँग बिहीबार बेइजिङमा भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपति हानले चीन र होन्डुरसबीच यसै वर्षको मार्चमा स्थापना भएको कूटनीतिक सम्बन्ध आफैँमा राम्रो सुरुवात भएको र यसको निरन्तर विकास भइरहेको उल्लेख गरेका छन् ।

चीन, होन्डुरससँग दुई राष्ट्र प्रमुखले हासिल गरेको महत्त्वपूर्ण सहमतिलाई सक्रियरूपमा कार्यान्वयन गर्न, राजनीतिकरूपमा आपसी विश्वास सुदृढ गर्दै व्यावहारिक सहयोग विस्तार गर्न एवं जन-जनबीचको सम्बन्ध र बहुपक्षीय समन्वयलाई सुदृढ गर्न आवश्यक रहेको हानको भनाइ छ ।

उपराष्ट्रपति हानले आधुनिकीकरणको बाटोमा होन्डुरससँग हात मिलाएर अगाडि चीन तयार रहेको बताउँदै  आपसी सिकाइ, ऐक्यबद्धता, सहयोगलाई प्रवर्द्धन गर्न, आपसी लाभ र साझा विकास हासिल गर्न चीन इच्छुक रहेको पनि धारणा व्यक्त उल्लेख गरेका छन् ।

यसैगरी अध्यक्ष रेडोन्डोले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नु होन्डुरसको ऐतिहासिक निर्णय भएको उल्लेख गर्दै यो कदम दीर्घकालीन परिप्रेक्ष्य र जनताको इच्छा अनुरूप रहेको पनि उल्लेख गरेका छन् ।

होन्डुरसले एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालन गरेको र होन्डुरसको राष्ट्रिय कङ्ग्रेस आपसी सहयोगलाई प्रवर्द्धन गर्न र दुई देशका जनताबीचको मित्रता थप सुदृढ पार्न इच्छुक रहेको अध्यक्ष रेडोन्डोले बताएका छन् ।

अमेरिकाको टेक्सासमा आमाबुवाको हत्या गर्ने अभियुक्त पक्राउ
अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

चौतिस वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १०ः०० बजेतिर क्यालिबर ह्यान्डगनले आफ्ना आमाबुबालाई गोली हानेको आशंका गरिएको छ । जेम्सलाई मानसिक स्वास्थ्य समस्या रहेको र घरेलु हिंसाको घटना पछि सेनाबाट हटाइएको जानकारीमा आएको छ ।

मंगलबार सान एन्टोनियोबाट करिब ८० माईल (१२९ किलोमिटर) टाढा अस्टिनका विभिन्न स्थानमा अन्य चार जना व्यक्तिको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

अस्टिन प्रहरी प्रमुख रोबिन हेन्डरसनले बुधबार पत्रकारलाई बताए अनुसार पक्राउ गर्ने क्रममा अभियुक्तले प्रहरीमाथि पनि गोली चलाएका थिए ।

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । मानवता विरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहेका थिए । संवैधानिक अदालतले मंगलबार तत्काल रिहा आदेश जारी गरेपछि उनी जेलमुक्त भएका हुन् ।

फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका हुन् । रिहाइपछि उनले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए ।

केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने
जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार किशिदाले पार्टीको चौथो ठूलो गुट कोचीकाईको नेताको रूपमा आफ्नो राजीनामा घोषणा गर्ने तयारी गरेका हुन् ।

यस अघिका प्रधानमन्त्रीहरूले पदमा रहँदा आफ्नो गुटको नेताबाट राजीनामा दिने अभ्यास रहे तापनि किशिदाले भने, सन् २०२१ अक्टोबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेको भए तापनि गुटको नेताको रूपमा अझै सक्रिय थिए।

चीनसँगको मतभेद सम्बोधन गर्नुपर्छ : युरोपेली आयोगका अध्यक्ष

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेयर लेयेनले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग युरोपेली युनियन ९इयु० र चीनबीचको ‘असन्तुलन र मतभेदहरू’ लाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

बेइजिङमा उच्चस्तरीय शिखर सम्मेलनमा उनले भने, ‘चीन इयुको सबैभन्दा महत्त्वपूर्ण साझेदार हो तर दुवै पक्षबीचको स्पष्ट असन्तुलन र मतभेदलाई हामीले सम्बोधन गर्नुपर्छ ।’

चार वर्षभन्दा लामो समयमा इयुका नेता र बेइजिङका शीर्ष नेताहरूबीच भएको पहिलो व्यक्तिगत शिखर सम्मेलनले जलवायु परिवर्तन र स्वास्थ्य जस्ता साझा चासोका क्षेत्रमा छलफल गर्ने अवसर प्रदान गर्ने इयुले बताएको छ ।  

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले बेइजिङको डियाओयताई स्टेट गेस्टहाउसमा भएको बैठकमा इयुले चीनसँग ‘स्थिर र पारस्परिकरूपमा लाभदायक’ सम्बन्ध खोजिरहेको बताए। ‘हामी चीनसँग एउटा स्थिर र पारस्परिकरूपमा लाभदायक सम्बन्ध बनाउनका लागि प्रतिबद्ध छौँ’, उनले भने, ‘इयु पारदर्शिता, पूर्वानुमानयोग्य र पारस्परिक सिद्धान्तहरूको आधारमा सम्बन्ध चाहन्छ ।’

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ८ : ०० बजे

विदेश सचिवको ब्रिफिङ : भारतको आक्रमण पाकिस्तानी सेना, संरचना र सर्वसाधारणविरुद्ध होइन

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्रीले भारतले आतंकवाद विरुद्ध

रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)

काठमाडौं– रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल

नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारले तीनवटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति

चितवन राष्ट्रिय निकुञ्जमा अहिले गैँडा हेर्ने उपयुक्त्त समय

चितवन– गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न