अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो चितवन | Khabarhub Khabarhub

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो चितवन


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिएका छन् । बिहीबार दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवन र बुटवल लुम्बिनी १–१ गोलको बराबरीमा रोकिएका हुन् ।

१-० ले पछि परेको बुटवल लुम्बिनीका लागि स्टेफेन समिर बिनोंगले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बुटवल लुम्बिनीलाई हारबाट जोगाएका थिए ।

यसअघि एफसी चितवनका लागि खेलको ४८औं मिनेटमा उत्सव राईले गोल गर्दै अग्रता दिलाएका थिए ।

यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् । यो खेलपछि एफसी चितवनको ४ खेलमा ५ अंक भएको छ भने बुटवल लुम्बिनीको ४ खेलमा ४ अंक भएको छ ।

अब एनएसएल अन्तर्गत शुक्रबार बीरगन्ज युनाइटेड र झापा एससीबीच खेल हुदै छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ८ : १४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’