एनसेल खरिदबिक्रीबारे सत्यतथ्य सार्वजनिक गर्न राप्रपा नेपालको माग | Khabarhub Khabarhub

एनसेल खरिदबिक्रीबारे सत्यतथ्य सार्वजनिक गर्न राप्रपा नेपालको माग


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले एनसेल खरिदबिक्री प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

बिहीबार पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीले एक विज्ञप्ती जारी गर्दै एनसेल प्रकरणबारे यथार्थ सार्वजनिक गर्न माग गरेका हुन् ।

‘नेपालको कानुन बमोजिमको प्रकृया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ, ’ विज्ञप्तीमा उल्लेख छ ।

यस्तै मंसिर ८ गते पक्राउ परेका श्रीनिवास आचार्यलगायतलाई रिहा गर्न पनि राप्रपाले माग गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ८ : ३५ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका