बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु « Khabarhub

बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण भरेको लामो समयपछि जिल्ला प्रशासन कार्यालय बैतडीले कार्ड वितरण थालेको हो ।

विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरण थालेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । जिल्ला प्रशासन कार्यालयमा विवरण पेस गरेकामध्ये हाल १० हजार एक सय २८ परिचयपत्र पुगेका हुन् । तीन वर्ष अगाडि सुरू भएको विवरण सङ्कलन कार्य जिल्ला प्रशासनका साथै वडास्तरमा पनि सञ्चालन गरिएको थियोे ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ । कार्यालयका अनुसार सबै वितरण गर्दा भीड हुने भएकाले मोबाइलमा सन्देश पठाएर वितरण गर्ने गरिएको छ ।

राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । परिचय पत्र सम्बन्धित व्यक्तिको पुनः बायोमेट्रिक भेरिफाई गरेर मात्र कार्ड वितरण हुने हुँदा स्वयं व्यक्ति आफ्नो अनुकूल समयमा उपस्थित हुनुपर्छ ।

अब समाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय गरिएको छ । यसपछि नगरिकतामा जन्ममिति सच्याएर अर्थात सरकारी निकायलाई झुक्याएर सामाजिक सुरक्षा भत्ता दिने नागरिक विस्तारै घट्ने विश्वास गरिएको छ । गत वर्ष एक सय बढी नागरिक राष्ट्रिय परिचयपत्रका लागि विवरण पेस गर्ने क्रममा नागरिकतामा जन्ममिति सच्याउने नागरिकलाई कारबाही भएको थियो ।

वैयक्तिक विवरणअन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान्–श्रीमतीको नाम, स्थायी–अस्थायी ठेगाना पर्दछन् । जैविक विवरणअन्तर्गत औँठाछाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुविधासहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण छ ।

राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ । बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि विसं २०७७ असोज पहिलो सातादेखि विवरण सङ्कलनको काम सुरू गरिएको थियोे ।

हालसम्म बैतडीमा एक लाख १३ हजार सात सय ९९ जनाको विवरण सङ्कलन गरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  १० : २१ बजे

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआउँदासम्म अस्पतालबाट शव नलैजाने अडान

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान