वाम एकता कार्यदलले आजदेखि काम थाल्ने « Khabarhub

वाम एकता कार्यदलले आजदेखि काम थाल्ने


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले शनिबार गठन गरेको वाम दल एकता कार्यदलले आइतबारदेखि काम थाल्दैछ । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा शनिबार वामपन्थी दलसँग एकता गर्न पाँच सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा संयोजक महरासहित माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा, सचिव शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सदस्य रहेका छन्।

कार्यदलले संसद्भित्र र बाहिर रहेका सबै दलसँग एकताको लागि छलफल गर्नेछ । समिति सदस्य गुरुङका अनुसार कार्यदलले सबै दलसँग कुराकानी गरेर एकताको लागि पहल गर्नेछ ।

उनका अनुसार एकता हुन नसकेका दलसँग वाम मोर्चा गर्ने तयारी भएको छ । वाम एकताका लागि माओवादीले अग्रसरता देखाएको हो । यसै विषयमा शनिबार बिहान माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटमा छलफल गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : ४२ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको