लिफ्टिङ खानेपानी योजना शिलान्यास « Khabarhub

लिफ्टिङ खानेपानी योजना शिलान्यास


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा साप्सु खोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा खानेपानीको सुविधा विस्तारका लागि मेवा दोभान, साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको हो।

शनिबार लफ्याङमा साप्सु खोला किनारमा संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गरेका हुन्।

साप्सु खोलाको पानी पाँच हजार एक सय मिटरमाथि रहेको मझुवागढी देविस्थानमा निकालेर दुई हजार ८५ परिवालाई वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना सुरु गरिएको हो।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङमार्फत ५४ करोड ६७ लाख ९० हजार ७१६ (भ्याट तथा पिएस सहित) मा मृत सञ्जिवनी–सगरमाथा जेभी, काठमाडौंले लिफ्टिङ खानेपानी योजनाको ठेक्का लिएको छ।

निर्माण कम्पनीले आगामी ०८२ भदौ ४ गतेसम्मा सम्पन्न गर्नेगरी ०७९ साउन २२ गते लिफ्टिङ खानेपानी योजनाको सम्झौता गरेको हो।

मृत सञ्जिवनी–सगरमाथा जेभीले २०७९ भदौ ५ गतेदेखि काम सुरु गरेको जनाएको छ। खानेपानीको बढ्दो समस्या समाधानका लागि खोलाको पानी निकाल्ने योजना सुरु गरिएको मेवा दोभान, साप्सु कालिका देबिस्थान लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताए।

लिफ्टिङ खानेपानी योजना अन्तरगत ६१ वटा आरभिटी ट्यांकी, एक वटा ट्रिटमेन्ट प्लान्ट, एक वटा कार्यालय भवन, एक वटा सम्प वेल, सात वटा गार्ड हाउस लगायतका संरचना बन्ने छ। यस्तै, १०३ किलोमिटर वितरण पाईपलाईन र खोलादेखि पाँच हजार एक सय ट्रान्समिसनलाईनको काम हुने मृत सञ्जिवनी–सगरमाथा जेभीका इन्जिनियर हरिदेवकिशोर रजकले बताए। ६ वटा ट्यांकीमार्फत खोलाको पानी प्रतिसेकेण्ड २५ लिटरका दरले देविस्थानमा निकाल्ने योजना सहित लिफ्टिङको काम अघि बढाइएको हो।

हालसम्म कट्वाल गाउँमा सय घनमिटरको ट्यांकी, देविस्थानमा कार्यालय, खोलाभन्दा केहीमाथि ट्रिटमेन्ट प्लान्ट प्लान्ट, आरभिटी ट्यांक, गार्डहाउस लगायतका संरचना बनिरहेको इन्जिनियर रजकले बताए। आयोजनाबाट बाम्राङका ५६३, खाल्लेका ७८९ र लफ्याङका ७३२ घरधुरी लाभान्वित हुनेछन्।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : ४८ बजे

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा

एजेन्सी– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको