थापालाई गाउँपालिकाको आर्थिक सहयोग र एम्बुलेन्स सेवा « Khabarhub

थापालाई गाउँपालिकाको आर्थिक सहयोग र एम्बुलेन्स सेवा


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दमौली – उपचारका लागि आर्थिक अभावमा समस्यामा परेकी तनहुँको आँबुखैरेनी गाउँपालिका निवासी मिनमाया थापालाई गाउँपालिकाले आर्थिक सहयोग गर्नुका साथै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। आर्थिक अभावमा उपचारमा कठिनाइ नहोस् भन्नका लागि गाउँपालिकाले बनाएको कार्यविधिअनुसार उनलाई उपचार खर्च प्रदान गरिनुका साथै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको हो।

हेमोडायलासिसका साथै अन्य उपचार गर्नका लागि आर्थिक अभावमा छटपटाइरहेकी ती महिलालाई गाउँपालिकाले रु ५० हजार र अध्यक्ष शुक्र चुमानले व्यक्तिगतरूपमा रु १० हजार सहयोग गरेका छन्। यसका साथै गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवामार्फत उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुर्‍याएको गाउँपालिकाका स्वास्थ्य सहायक प्रमोद साहले जानकारी दिए। “हिजो राति ८ बजे उहाँलाई लिएर अस्पतालमा भर्ना गराएर उपचार गरायौँ, उहाँको स्वास्थ्य अवस्था राम्रो भएको छ”, उनले भने।

आर्थिक अभावमा उपचारबाट बञ्चित हुन नपरोस् भन्नका लागि गाउँपालिकाले विपन्नलाई सहयोग गर्दै आएको छ। “पैसा नभएर रोग लुकाउन बाध्य हुने, पैसा नभएर उपचार गर्नबाट बञ्चित हुनेलाई लक्षित गरी गाउँपालिकाले आर्थिक सहायता दिने नीति लिएको छ”, अध्यक्ष चुमानले भने।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ४९ बजे

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय