थापालाई गाउँपालिकाको आर्थिक सहयोग र एम्बुलेन्स सेवा « Khabarhub

थापालाई गाउँपालिकाको आर्थिक सहयोग र एम्बुलेन्स सेवा


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दमौली – उपचारका लागि आर्थिक अभावमा समस्यामा परेकी तनहुँको आँबुखैरेनी गाउँपालिका निवासी मिनमाया थापालाई गाउँपालिकाले आर्थिक सहयोग गर्नुका साथै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। आर्थिक अभावमा उपचारमा कठिनाइ नहोस् भन्नका लागि गाउँपालिकाले बनाएको कार्यविधिअनुसार उनलाई उपचार खर्च प्रदान गरिनुका साथै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको हो।

हेमोडायलासिसका साथै अन्य उपचार गर्नका लागि आर्थिक अभावमा छटपटाइरहेकी ती महिलालाई गाउँपालिकाले रु ५० हजार र अध्यक्ष शुक्र चुमानले व्यक्तिगतरूपमा रु १० हजार सहयोग गरेका छन्। यसका साथै गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवामार्फत उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुर्‍याएको गाउँपालिकाका स्वास्थ्य सहायक प्रमोद साहले जानकारी दिए। “हिजो राति ८ बजे उहाँलाई लिएर अस्पतालमा भर्ना गराएर उपचार गरायौँ, उहाँको स्वास्थ्य अवस्था राम्रो भएको छ”, उनले भने।

आर्थिक अभावमा उपचारबाट बञ्चित हुन नपरोस् भन्नका लागि गाउँपालिकाले विपन्नलाई सहयोग गर्दै आएको छ। “पैसा नभएर रोग लुकाउन बाध्य हुने, पैसा नभएर उपचार गर्नबाट बञ्चित हुनेलाई लक्षित गरी गाउँपालिकाले आर्थिक सहायता दिने नीति लिएको छ”, अध्यक्ष चुमानले भने।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ४९ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा