जग्गाको अभाव देखाएर उद्योग क्षेत्रको भाडा बढाउन मिल्दैन | Khabarhub Khabarhub

जग्गाको अभाव देखाएर उद्योग क्षेत्रको भाडा बढाउन मिल्दैन


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

औद्योगिक क्षेत्रमा यति बेला भाडा वृद्धिको समस्या देखा परेको छ । यसप्रति नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले आपत्ति जनाएको छ । औद्योगिक क्षेत्रहरूको समस्याको रूपमा एउटा भाडा वृद्धि रहेको छ भने अर्कोतर्फ यो औद्योगिक क्षेत्र चलायमान बनाउनको विभिन्न कठिनाइ देखिएका छन् । भइरहेका उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसकेको मात्र होइनन सञ्चालनमा भएकामा पनि प्रयाप्त लगानी छैन । त्यसैले उद्योग आत्मनिर्भर हुन सकेका छैनन् । नेपालको औद्योगिक क्षेत्रको अवस्था र देखिएको समस्याका बारेमा आधारित भएर नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष रामहिरा पाठकसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

औद्योगिक क्षेत्र लिमिटेडले विभेदकारी र अन्याय पूर्ण रूपमा भाडा वृद्धि गरेको भनेर तपाईंहरूले आरोप लगाउनु भएको छ, यो समय सापेक्ष हो त ?
अहिले हामीले १० वटा कुरामा आन्दोलन गरेका छौं । त्यसमा यो भाडा वृद्धि एउटा विषय मात्र हो । २०१६ सालमा औद्योगिक क्षेत्रको शिलान्यास भयो । २०२० सालमा नेपाल औद्योगिक विकासको नामबाट औद्योगिक क्षेत्रको स्थापना भयो । २० वर्षसम्म नियमित उद्योग चलाएपछि अब त्यो उद्योग विकसित भयो भन्ने भएपछि उद्योगीलाई तत्कालीन मूल्य जे हुन्छ त्यो लिएर औद्योगिक क्षेत्र उद्योगलाई हस्तान्तरण गर्ने शर्तसहित उद्योग खुल्दै गए । त्यसरी औद्योगिक क्षेत्र खुल्दै जाँदा पाटनमा २०२१ सालमा औद्योगिक क्षेत्र स्थापना भयो । २०४४ सालसम्म १० वटा औद्योगिक क्षेत्र बने । त्यो बाट आएको पैसाले नयाँ नयाँ उद्योगहरू खोल्ने कुरा भयो । औद्योगिक क्षेत्र आत्मनिर्भएर बन्न, रोजगारी सिर्जना गर्न, उत्पादन बढाउन खोलिएका हुन् ।

२० वर्ष पछि त्यो औद्योगिक क्षेत्र व्यवसायिक हुने हो ?
२० वर्षसम्ममा त्यो ‘सस्टेन्ड’ भयो कि भएन हेर्नुपर्छ । त्यतिबेला तालिम दिने नेपाल औद्योगिक विकास निगमले लगानी गर्ने, दक्ष जनशक्ति दिने, मेसिनेरी समान उपलब्ध गर्ने गरी औद्योगिक क्षेत्र सुरु भएको हो । त्यही अनुसार त्यहाँ बस्ने उद्योगीहरूले सेवा पाउँदै गए । आफूलाई ‘सस्टेन्ड’ गर्दै लगेर २० वर्षसम्म उसले चलाएको छ भने त्यो समयसम्म जति मूल्य पुग्छ त्यो मूल्यमा हस्तान्तरण गर्नुपर्ने सम्झौता हो । औद्योगिक क्षेत्रको हातमा पुगेपछि आजको दिनसम्म कुनै विकास हुन सकेन । यहाँ भाडा बढाउने मापदण्ड बनाए । तर, त्यो कार्यान्वयन गलत ढंगले भयो ।

ऐन नियम फेर बदल भएर यो समस्या आएको हो ?
सुरुमा हामीसँग सस्तो मूल्यमा जग्गा अतिक्रमण गरियो । जुन उद्देश्य राखेर नेपाल औद्योगिक विकासले अतिक्रमण गरेपछि उद्योगहरू थला पर्न थाले । २०३१ सालमा औद्योगिक सेवा स्थापना भयो त्यसले पनि उद्योगहरू बढाउँदै गयो । जब २०४५ सालमा औद्योगिक क्षेत्र व्यवस्थापनको गठन भयो । उसले जुन उद्देश्यको साथ काम भएको थियो त्यो उद्देश्य ब्रेक भयो ।

२०४५ सालमा औद्योगिक क्षेत्र व्यवस्थापनको गठन भएपछि कति औद्योगिक क्षेत्र बने ?
१० वटा औद्योगिक क्षेत्र गठन भए । त्यो क्षेत्रमा ७५० उद्योगीले उद्योग सञ्चालन गरेका छन् । ४० हजार मान्छेले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रत्येक वर्ष विभिन्न प्रकारका नाममा भ्याट सामाजिक सुरक्षा गरेर ५५ अर्ब कर तिर्छौँ । तर, मनोमानी ढंगले भाडा बढ्यो । त्यसकाविरुद्ध अन्दोलन भयो र त्रिपक्षीय वार्तामा प्रत्येक दुई वर्षमा १५ प्रतिशत भाडा वृद्धि गर्ने काम भयो । ६ वर्षमा भाडाको पुनरावलोकन गर्ने भनियो र २०७६ सालमा गएर भाडा वृद्धि हुनुपर्ने हो । पछि २०७१ मा फेरि नियमावली बन्यो । यो अवधिमा १० वटा सम्झौता भएका थिए । २०६८ देखि यता सात सय प्रतिशतसम्म भाडा वृद्धि भयो। बनाएको नियम नै कार्यान्वयन नभएपछि हामी उद्योग छोडेर आन्दोलनमा जानुपर्ने भएको हो ।

प्रतिशत कसरी विभाजन हुन्छ, कुन कुन क्षेत्रलाई कसरी भाडा वृद्धि गरेको हो ?
नियमावलीको कुनै पनि कुरा मानिएन । अहिलेको भाडा वृद्धि पनि हामी तिर्छौ । तर न्यायोचित हुनुपर्छ । पहिलो त हाम्रो १० बुँदे सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ । भाडा मात्र बढाउने तर हाम्रो सम्झौता पूरा नगर्ने काम हुनु हुँदैन ।

२०६८ देखि सात सय प्रतिशतसम्म किन भाडा वृद्धि भयो ?
उद्योग भनेको सूर्य जस्तो हो । एकपटक स्थापना गरेपछि सधैँलाई हुने हो । जग्गाको अभाव भनेर भाडा बढाउने होइन । २०७१ सालमा राज्यले नियमावली बनायो । त्यसमा पाँच वर्षमा भाडा वृद्धि गर्ने भनेर मापदण्ड बनायो । यो मापदण्डमा भाडा दर पुनरावलोकन भए स्वीकार्य हुन्छ । समितिले नेपाल राष्ट्र बैंकले अद्यावधिक रुपमा जारी गरेको मूल्य वृद्धि, मूल्य सूचाङक प्रचलित बजार मूल्यको आधारमा पुनरावलोकन गर्ने कुरा उल्लेख छ ।

भएका जति सबै उद्योग क्षेत्र सञ्चालनमा छन् त ?
कुनै उद्योग बन्द भएका छन् । नेपालले चलाएको बुटवलको धागो उद्योग बन्द भएको छ । उद्योग बन्द भए पनि त्यो जग्गा ओगटेको छ । त्यो त उद्योगीलाई दिनु पर्ने हो । तर, त्यो दिएको पनि छैन । सम्झौता कार्यान्वयन नहुँदा उद्योगी आजित भएका छन् ।

नियमावली अनुसार सरकार किन गएनन् ?
सरकार नै बनाएको मापदण्ड मान्दैन भने हामीले के भन्ने ? हामी उद्योगीले मुद्दा मामिला गर्नु भन्दा सरकारलाई ढकढक्याउने हो । हामीले तिरेको राजस्वको कम्तीमा पनि एक प्रतिशत त बजेट छुट्याइयोस् । हामीले बुझाएको करको एक प्रतिशत मात्र छुट्याए यो क्षेत्रको सुधार हुनसक्छ । यसका लागि पहल आवश्यक हुन्छ । सात सय ५० वटा उद्योगको कुरा लिएर जाँदा मलाई दुई मिनेट समय दिइन्छ । मैले कसरी भन्ने यस्तो सवाल छ ।

प्रधानमन्त्रीले पनि अहिले काम गर्ने भन्नु भएको छ त्यो बाट केही अपेक्षा राख्नु भएको छ ?
आशै आशमा २०१६ सालदेखि २०८० सालसम्म उद्योगीले समय बिताए । चुनावमा उहाँहरुले अहिले २५ हजारलाई रोजगारी दिने भन्नु भएको छ । उहाँहरुले हाम्रा कुरा सुन्नु हुनेछ । उहाँहरुले औद्योगिक क्षेत्रको समस्या समाधान गर्न विज्ञ समूह गठन गरेर हाम्रो समस्या समाधान होला भन्न सकिन्छ ।

अहिलेको समयमा उद्योगिक व्यवसायीमाथि बैंकिङ तरलताले समस्यामा छन् । अब व्यवसायी चलायमान हुने संकेत छन् ?
राज्यले ध्यान नदिने हो भने देश भयावह अवस्थामा छ । विकास बजेट खर्च हुन सकेको छैन । अहिले भएका प्रशासन खर्च कटौती गर्नुपर्छ । ब्याज बढाएपछि कसरी उद्योग सञ्चालन गर्ने ? नयाँ सरकार बनेपछि हामीमा आशा र हौसला छ । तर, अहिले राज्यको ध्यान त्यता गएन भने देश श्रीलंका बन्न सक्छ । त्यसैले राज्यले देशको अर्थतन्त्र जोगाउन धेरै ध्यान दिनु पर्दछ। राज्य आयातमुखी बन्नु हुँदैन । नेपालका जनशक्ति विदेश पठाउनु हुँदैन । (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : १४ बजे

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

लिली र डर्टमन्डको खेल बराबरीमा सकियो

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बोरुसिया

लघुवित्तमा ‘बेस रेट’ : वाणिज्य बैंकभन्दा पाँच प्रतिशत महँगो ब्याज 

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा लघुवित्तका लागि बेस

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक

श्रमदानबाटै सिँचाइ योजना मर्मत

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत