युभेन्ट्स दोस्रो स्थानमा उक्लियो « Khabarhub

युभेन्ट्स दोस्रो स्थानमा उक्लियो


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युभेन्टसले आफ्नो उत्कृष्ट लय कायम राख्दा इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो।

खेलको ८६औँ मिनेटमा डानिलोले विजयीगोल गरेका थिए। जितसँगै युभेन्ट्स १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा उक्लिएको हो।

यसैगरी इन्टर मिलान लगातार चौथो जित निकाल्न असफल भएको छ। पछिल्लो खेलमा शीर्ष स्थानको नेपोलीलाई १–० ले निराश पारेको इन्टर शनिबार भने मोन्जासँग २–२ को बराबरीमा रोकियो।

इन्टर १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा छ। शीर्ष स्थानको नेपोलीको १६ खेलमा ४१ अंक छ। तेस्रो स्थानको एसी मिलानको १६ खेलमा ३६ अंक छ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : २२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी