विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण « Khabarhub

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मिक्लाजुङ – पूर्वी पहाडि जिल्ला पाँचथरको सबैभन्दा विकट तथा दुर्गम रहेको याङवरक गाउँपालिका–२ को बर्मेगाउँमा रहेको तिम्बुपोखरी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीलाई शनिबार चिसोबाट बच्न न्यानो कपडा तथा शैक्षिक सामग्री प्रदान गरिएको छ।

जिल्लामा क्रियाशील संस्था जनसेवा समाज पाँचथरको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाँचथरको समुदाय–प्रहरी साझेदार कार्यक्रमअन्तर्गत ती विद्यार्थीलाई चिसोबाट बच्न ती सामग्री प्रदान गरिएको हो।

चिसोको समयमा हिउँ पर्ने त्यस भेगमा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयमै लगेर स्वीटर, टाउजर, टोपी, मोजा तथा स्टेशनरी सामग्री वितरण गरिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताए।

अन्यन्तै विकट रहेको उक्त विद्यालयमा यातायातका साधन पनि नपुग्ने पैदलयात्रा गर्नुपर्ने, हिँड्ने गोरेटो बाटो पनि अप्ठ्यारो र भिरको यात्रा गर्नुपर्ने रहेको छ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १० : ४५ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक