दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड « Khabarhub

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक आचार्य ‘काकु’को ठूलो पर्दामा काम गर्ने इच्छा सतहमा आएको हो । त्यसअघि उनको ठूलो पर्दामा कम गर्ने योजना-इच्छालाई सार्वजनिक रुपमा गति लिएको थिएन ।

दीपकलाई कलाकार भन्दा पनि पर्दापछाडि नै रहेर फिल्ममा काम गर्ने इच्छा भएको देखिन्छ । उनको यो इच्छा दर्शकले त्यसबेला थाहा पाए जब उनी ‘सक्किगोनि’ टिमले बनाउन लागेको फिल्म ‘लाज शरणम्’बाट बाहिरिए ।

०८१ साउनमा फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा भयो । यो कार्यक्रम कमलपोखरीस्थित एक फिल्म हलमा राखिएको थियो । तर, ‘सक्किगोनि’ टिममै प्रमुख सदस्य दीपक अनुपस्थित रहे । उनी यस सिरियलका कलाकारमा मात्रै थिएनन् क्रिएटिम टिमको दुई सदस्य मध्ये एक पनि थिए ।

केही समयपछि कुरा खुल्यो कि, ‘फिल्मको लेखकमा आफ्नो नाम नराखेपछि उनी टिमसँग रुष्ट बनेका हुन् ।’

उनले सिरियल पनि छाडे । ‘लाज शरणम्’ छायाङ्कन भइरहेका बेला आफैँ ‘परान’ निर्देशन गर्ने घोषणा गरे । अर्थात्, ‘सक्किगोनि’ टिमसँग सम्बन्ध यथास्थितिमा रहेको भए उनले यति छिटै ‘परान’ बनाउने सम्भावना न्यून थियो ।

जे भयो दीपकका लागि राम्रै भयो । उनले ‘परान’ गत कात्तिक १४ बाट प्रदर्शनमा ल्याए । यो फिल्मले १८ करोडभन्दा बढी व्यापारसाथ प्रदर्शनरत छ । यसले शनिबार प्रदर्शनको ५१ दिनसमेत पूरा गरेको छ ।

अहिलको अवस्थामा ‘परान’ यस वर्षको सबैभन्दा बढी व्यापार गर्ने फिल्म हो ।

तोडे यी निर्देशकको रेकर्ड

नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । यही फिल्मबाट सरोज पौडेलले निर्देशनमा डेब्यू गरेका थिए ।

फिल्मको व्यापारमा निर्देशक पौडेललाई उछिन्न नसके पनि दीपकले उपेन्द्र सुब्बालाई भने पछाडि छाडे । उपेन्द्रको डेब्यू निर्देशन रहेको फिल्म ‘जारी’ले १७ करोड ४८ लाख ग्रस कलेक्सन गरेको थियो ।

चलचित्र विकास बोर्ड स्रोत अनुसार ‘परान’ले गत शुक्रबारसम्म १८ करोड ग्रस कलेक्सन गरिसकेको छ । यो अवस्थामा ‘परान’ सर्वाधिक व्यापार गर्ने चौथो नेपाली हो।

यो डेब्यूलाई मात्र नभएर नियमित निर्देशकका लागि पनि लागि नोटिस हुने सफलता हो ।

‘परान’को ग्रस कलेक्सन ‘छक्का पञ्जा ४’को भन्दा बढी हो । ‘छक्का पञ्जा’ सिक्वेलबाट सबैभन्दा बढी ग्रस कलेक्सन गरेको ‘छक्का पञ्जा ४’को ग्रस कलेक्सन १७ करोड ५३ लाख छ ।

त्यस्तै, दीपकले फिल्म ‘ऊनको स्वीटर’को रकेर्ड पनि तोडेका छन् । ‘ऊनको स्वीटर’ यस वर्ष प्रदर्शनमा आएको सबैभन्दा बढी व्यापार गर्ने दोस्रो फिल्म हो । साथै, ‘परान’ प्रदर्शनमा आउनुअघि यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने डेब्यू निर्देशकको फिल्म ‘ऊनको स्वीटर’ थियो ।

‘ऊनको स्वीटर’बाट नवीन चौहानले निर्देशनमा डेब्यू गरेका थिए । यसको व्यापार साढे ११ करोड हाराहारी छ । डेब्यू निर्देशक नवीनलाई पनि दीपकले पछि पारेका छन् ।

‘परान’ले सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’को यो वर्ष सबैभन्दा बढी व्यापार फिल्मको कीर्तिमान तोडेको छ। ‘जेरी अन टप’को व्यापार साढे १२ करोडभन्दा केहीमाथि छ ।

दीपकले ग्रस कलेक्सनको विषयमा विराज भट्ट, रामबाबु गुरुङ र सरोज पौडेलबाहेकका सबै निर्देशकलाई पछि पारेका छन् । विराजको निर्देशित फिल्म ‘१२ गाउँ’ले १९ करोड ९२ लाख र रामबाबु निर्देशित फिल्म ‘कबड्डी ४’ले २१ करोड ४० लाख ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : ४५ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर