दोदा नदीमा तटबन्ध निर्माण हुँदै « Khabarhub

दोदा नदीमा तटबन्ध निर्माण हुँदै


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ। जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले रु पाँच करोड ९१ लाखको लागतमा दोदा नदीमा एक हजार एक सय २० सय मिटर लम्बाइको तटबन्ध निर्माण गरिरहेको छ।

प्रशंसा भागेश्वर जेभीसँग तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भइ निर्माणकार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यालयका सूचना अधिकारी अरुणकुमार शाहले बताए। उनका अनुसार तटबन्ध निर्माणकार्य तीन खण्डमा हुने छ। “चालु आर्थिक वर्षभित्रै तटबन्ध निर्माणकार्य सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेका छौँ”, उनले भने, “निर्धारित समयभित्रै तटबन्ध निर्माण पूरा हुन्छ।”

गाउँपालिकाको वडा नं ३ का वडाध्यक्ष टीकाराम चौधरीले नदीमा तटबन्ध निर्माण हुँदा बर्सेनि जग्गा कटानी भइ केही परिवार विस्थापनमा परेको र केही परिवार विस्थापनको सङ्घारमा रहेको बताए। “तटबन्ध निर्माण भएपछि नन्दगाउँ, कञ्ज, कस्वालगायतका चार सय परिवार नदीको जोखिमबाट जोगिन्छन्”, उनले भने, “धेरै अघिदेखि तटबन्धको माग गर्दै आएका हौँ, तटबन्ध निर्माण हुने भएपछि यस क्षेत्रका बासिन्दा खुसी छन्।”

तटबन्ध निर्माणले थोरै क्षेत्रका बासिन्दाको नदीको बाढीबाट सुरक्षा हुने भएको उल्लेख गर्दै उनले गुरुयोजना बनाइ गाँउपालिका क्षेत्रमा पर्ने नदीको पूरै क्षेत्रमा तटबन्ध निर्माण गरिनुपर्ने बताए।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १० : ३० बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक