रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न « Khabarhub

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो ।

आज बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० विमान गुल्मीको रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको थियो । यसअघि पनि २०७५ जेष्ठ २५ गते तारा एअरले नै परीक्षण उडान गरेको थियो ।

उक्त विमानलाई तारा एअरका वरिष्ठ चालक द्वोय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सञ्जिव श्रेष्ठले उडान भरेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेपका एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु सवार थिए । उडानबाट आएका सबैलाई विमानस्थलमा माला लगाएर स्वागत गरिएको थियो ।

प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार परीक्षण उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया सुरु गरिनेछ । नियमित उडानका लागि भने कम्तीमा दुईदेखि तीन साता लाग्नेछ । तारा एयरले प्रारम्भमा रेसुङ्गा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको हो ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १ : ३५ बजे

आजको मौसम पूर्वानुमान : केही प्रदेशमा मेघगर्जनसहित भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो

नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ