थारु कला संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै « Khabarhub

थारु कला संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि थारु कला संस्कृतिको संरक्षण र विकासमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।

विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा थारु जातिका सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० निवासी १५ वर्षीया अनिता चौधरी बताउँछिन् । कक्षा ११ मा अध्ययनरत अनिता पछिल्लो समय फुर्सदको समयमा थारु नृत्य सिक्नेदेखि कार्यक्रममा सहभागी हुने गर्छिन् ।

“आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु”, उनले भनिन्, “त्यसले गर्दा आफ्नो कला संस्कृतिका बारेमा थप ज्ञानसँगै आर्थिकरुपमा केही आम्दानीसमेत हुने गरेको छ ।”

अनिता जस्तै घोराही–१७ निवासी सुस्मीता चौधरी पनि संस्कृति संरक्षणमा जुटेकी छिन् । आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु वेषभूषा, गरगहना लगाउनदेखि नाच्न लजाउने सुस्मीता पछिल्लो समय जातीय वेषभूषामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुने गरेको बताउँछिन् । सुस्मीताले थारुको पहिचानका रुपमा रहेका बड्का नाच, छोक्रा नाच, सखिया नाच नाच्नसमेत सिकेकी छिन् ।

“सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो, जसले गर्दा सार्वजनिक कार्यक्रममा सहभागी हुने र नाच्न मन लाग्दैन थियो”, उनले भनिन्, “तर अहिले सहज जस्तो लाग्छ, आफ्नो जातिगत वेषभुषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।” नृत्यसँगै उनलाई थारु जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लेहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायतका पहिरनमा सजिनसमेत मन लाग्ने गरेको छ ।

आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको उनको भनाइ छ ।

थारुबस्ती बाक्लो भएको गाउँबाट पछिल्लो समय थारु समुदायका युवायुवती आफ्नो वेषभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुनेक्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो वेषभूषा र परिहनमा सजिएर नाचगान गर्नेदेखि पाहुनाको स्वागतमा नयाँपुस्ता खटिने गर्छन् । पछिल्लो समय योक्रम झनै बढेको थारु अगुवा चन्द्रप्रसाद चौधरीले बताए ।

आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकासमा युवापुस्ताको अग्रसरताले वेषभूषा तथा संस्कृति संरक्षणमा सहयोग पुर्‍याउने उनी बताउँछन् । “थारु समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्कालगायतका नाचमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, चौधरीले भने, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारु संस्कृति संरक्षणमा सघाउ पु¥याउनेदेखि नयाँ पुस्ताको आकर्षणमा सहयोग पुग्नेछ ।”

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ४ : ५४ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा