राति आफ्नै घरमा आगो लगाएका विक बिहान मृत भेटिए « Khabarhub

राति आफ्नै घरमा आगो लगाएका विक बिहान मृत भेटिए


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दैलेखको भैरवी गाउँपालिका ४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाएका छन् । आत्महत्या गर्न उनले आफ्नै घरमा आगो लगाएका हुन् । शनिबार राति आफ्नै घरमा आगो लगाएका विक आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।

विकले घरमा आगो लगाएपछि स्थानीयवासीले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । नरेश मजदुरीका लागि भारतमा भएकै बेला उनकी छोरीले केही महिनाअघि आत्महत्या गरेकी थिइन् । त्यस घटनापछि मानसिक रूपमा विक्षिप्त भएका नरेश दुई दिनअघि मात्रै घर फर्केका थिए ।

श्रीमती र चार छोराछोरीलाई छिमेकीको घरमा बस्न पठाई उनले आफ्नै घरमा आगो लगाएको दैलेख प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए । घर जलेर करिब तीन लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ५ : ३१ बजे

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका