राति आफ्नै घरमा आगो लगाएका विक बिहान मृत भेटिए | Khabarhub Khabarhub

राति आफ्नै घरमा आगो लगाएका विक बिहान मृत भेटिए


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दैलेखको भैरवी गाउँपालिका ४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाएका छन् । आत्महत्या गर्न उनले आफ्नै घरमा आगो लगाएका हुन् । शनिबार राति आफ्नै घरमा आगो लगाएका विक आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।

विकले घरमा आगो लगाएपछि स्थानीयवासीले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । नरेश मजदुरीका लागि भारतमा भएकै बेला उनकी छोरीले केही महिनाअघि आत्महत्या गरेकी थिइन् । त्यस घटनापछि मानसिक रूपमा विक्षिप्त भएका नरेश दुई दिनअघि मात्रै घर फर्केका थिए ।

श्रीमती र चार छोराछोरीलाई छिमेकीको घरमा बस्न पठाई उनले आफ्नै घरमा आगो लगाएको दैलेख प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए । घर जलेर करिब तीन लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ५ : ३१ बजे

के अब गठबन्धन नगरी चुनावमा जान तयार भएका हुन् कांग्रेस र एमाले ?

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेलगायत ठूला दलका नेताहरु प्रायः

‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

काठमाडौं– मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी

पार्टीभित्र मनोनयन प्रणाली अन्त्य गरी प्रत्यक्ष निर्वाचन गर्छौँ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(माओवादी केन्द्र) को विधान अधिवेशनबाट

भारतमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँदा

पश्चिममा रुसी सम्पत्ति रोक्का गर्नु ‘चोरी’ हो : पुटिन

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार विदेशमा रुसी सम्पत्ति रोक्का