प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दललाई पनि आग्रह गर्ने रास्वापाको निर्णय « Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दललाई पनि आग्रह गर्ने रास्वापाको निर्णय


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढाउने र वर्तमान सरकारलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने निर्णय गरेएको सांसद सन्तोष परियारले जानकारी दिए ।

बैठकमा महामन्त्री मुकुल ढकालले सरकारका न्यूनतम साझा कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने साझा कार्यक्रममा समावेश रास्वपाका मुद्दालाई कसरी कार्यान्वयन गराउने भन्नेबारे पनि छलफल भएको परियारले जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेले अन्य दलहरुसँग भएका छलफलका बारेमा पनि जानकारी गराएका थिए । परियारले सोमबार पुनः पार्टीको संसदीय दलको बैठक बस्ने र विभिन्न बिषयमा थप छलफल हुने जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : ४६ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट