म्यान्मारमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु « Khabarhub

म्यान्मारमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्य म्यानमारको नेपी तावमा ६ पाङ्ग्रे सवारी साधन पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु २३ जना घाइते भएका छन् । मृतकहरु सबै महिला रहेको बताइएको छ ।

गुडिरहेको सवारी साधनको अगाडिको दायाँ टायर निस्कँदा सडकबाट उछिट्टिएर पुरानो याङ्गुन राजमार्गको नेपी तावस्थित येजिन कृषि विश्वविद्यालय नजिकै पल्टिँदा दुर्घटना भएको हो ।

सो दुर्घटनामा पाँच महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । उक्त सवारी साधनमा ३० जनाभन्दा बढी यात्रु रहेको बताइएको छ ।

तात्कोन टाउन दिशाबाट आएको सवारी साधन प्यानमाना टाउनतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । घाइते हुनेमा १० पुरुष र १३ महिला रहेका छन् ।
एक उद्धारकर्ताले सिन्ह्वालाई बताएअनुसार घाइतेहरूको चिउँडो, टाउको र छातीमा चोट लागेको छ। तर उनीहरूको अवस्था भने खतारामुक्त रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ३१ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान