आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पूँजी निर्माण आवश्यक : राष्ट्रपति भण्डारी « Khabarhub

आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पूँजी निर्माण आवश्यक : राष्ट्रपति भण्डारी


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर उन्मुख अर्थतन्त्रका लागि पूँजी परिचालन महत्वपूर्ण हुने बताएकी छिन् । आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पूँजी निर्माण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । “साना, लघु तथा घरेलु उद्योगलाई प्रवर्द्धन गरेर आन्तरिक उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्र बनाउनु अहिलेको आवश्यकता हो । स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ”, राष्ट्रपति भण्डारीले भनिन् । स्वदेशमै उत्पादन बढाएर निर्यात प्रवर्द्धनमा जोड दिइनुपर्ने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले नाफा केन्द्रित मात्र नभई सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राख्नुपर्ने पनि राष्ट्रपति भण्डारीले बताइन् । बैंक तथा वित्तीय संस्थाको पूँजी परिचालनबाट आर्थिक विकास र रोगजारी वृद्धिमा सकारात्मक प्रभाव देखिनुपर्ने उनको भनाइ छ ।

सोही कार्यक्रमम पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा पछिल्लो एक दशक अवधिमा उल्लेखनीय प्रगति भएको बताए । “बैंक तथा वित्तीय संस्थामा पैसा राख्दा डुब्दैन भनेर आम मानिसमा विश्वास देखिन्छ । अहिले उनीहरूले पूँजी बढाएका छन् । प्रविधिमा प्रगति भएको छ”, उनले भने ।

अनुमतिपत्रमा गरिएको कडाइ, वित्तीय साक्षारता कार्यक्रमको प्रभावकारिता, बीमा कार्यक्रम र बैंक तथा वित्तीय संस्थाको क्षेत्रगत कर्जा विस्तार योजनालगायत नियामकीय निकायले लिएका नीतिका कारण बैंक तथा वित्तीय संस्थामा सकारात्मक प्रभाव देखिएको खतिवडाको भनाइ छ । उनले नेपालका बैंक तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउनुपर्ने धारणा पनि राखे ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले विश्व आर्थिक परिदृश्य र बाह्य क्षेत्रको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको र आगामी दिन अझ बढी चुनौतीपूर्ण हुनसक्ने बताए । “अर्थतन्त्रमा पछिल्लो समय केही सुधार हुँदै गए पनि पूर्ण रुपमा चुनौतीबाट बाहिर आइसकेका छैनौँ । अर्थतन्त्र सुधारका लागि सबै पक्ष लाग्नुपर्नेछ । विश्व परिदृश्य हेर्दा आगामी वर्ष अझ चुनौतीपूर्ण छ”, अधिकारीले भने । नेपालमा मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता व्यवस्थापन चुनौतीपूर्ण हुने उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष बाह्य क्षेत्र अझ बढी प्रभावित हुने गभर्नर अधिकारीले बताए ।

बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले बैंक तथा वित्तीय संस्थाले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै चर्को ब्याज लिएर बढी नाफा कमाएको सर्वसाधारणमा भ्रम परेको बताए । “बैंक तथा वित्तीय संस्थाहरु पारदर्शी छन् । उनीहरुले त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । तर, बढी नाफा कमाउन ब्याज बढाएको भन्ने भ्रम सर्वसाधारणमा परेको छ”, उनले भने । यद्यपि, बैंकको ब्याजदर वृद्धिका कारण उद्योग व्यवसायको निरन्तरतामा असर परेको गोल्यानको भनाइ छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ५९ बजे

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका