आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पूँजी निर्माण आवश्यक : राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

आत्मनिर्भर अर्थतन्त्रका लागि राष्ट्रिय पूँजी निर्माण आवश्यक : राष्ट्रपति भण्डारी


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर उन्मुख अर्थतन्त्रका लागि पूँजी परिचालन महत्वपूर्ण हुने बताएकी छिन् । आज बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभा उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पूँजी निर्माण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । “साना, लघु तथा घरेलु उद्योगलाई प्रवर्द्धन गरेर आन्तरिक उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्र बनाउनु अहिलेको आवश्यकता हो । स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ”, राष्ट्रपति भण्डारीले भनिन् । स्वदेशमै उत्पादन बढाएर निर्यात प्रवर्द्धनमा जोड दिइनुपर्ने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले नाफा केन्द्रित मात्र नभई सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राख्नुपर्ने पनि राष्ट्रपति भण्डारीले बताइन् । बैंक तथा वित्तीय संस्थाको पूँजी परिचालनबाट आर्थिक विकास र रोगजारी वृद्धिमा सकारात्मक प्रभाव देखिनुपर्ने उनको भनाइ छ ।

सोही कार्यक्रमम पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा पछिल्लो एक दशक अवधिमा उल्लेखनीय प्रगति भएको बताए । “बैंक तथा वित्तीय संस्थामा पैसा राख्दा डुब्दैन भनेर आम मानिसमा विश्वास देखिन्छ । अहिले उनीहरूले पूँजी बढाएका छन् । प्रविधिमा प्रगति भएको छ”, उनले भने ।

अनुमतिपत्रमा गरिएको कडाइ, वित्तीय साक्षारता कार्यक्रमको प्रभावकारिता, बीमा कार्यक्रम र बैंक तथा वित्तीय संस्थाको क्षेत्रगत कर्जा विस्तार योजनालगायत नियामकीय निकायले लिएका नीतिका कारण बैंक तथा वित्तीय संस्थामा सकारात्मक प्रभाव देखिएको खतिवडाको भनाइ छ । उनले नेपालका बैंक तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउनुपर्ने धारणा पनि राखे ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले विश्व आर्थिक परिदृश्य र बाह्य क्षेत्रको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको र आगामी दिन अझ बढी चुनौतीपूर्ण हुनसक्ने बताए । “अर्थतन्त्रमा पछिल्लो समय केही सुधार हुँदै गए पनि पूर्ण रुपमा चुनौतीबाट बाहिर आइसकेका छैनौँ । अर्थतन्त्र सुधारका लागि सबै पक्ष लाग्नुपर्नेछ । विश्व परिदृश्य हेर्दा आगामी वर्ष अझ चुनौतीपूर्ण छ”, अधिकारीले भने । नेपालमा मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता व्यवस्थापन चुनौतीपूर्ण हुने उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष बाह्य क्षेत्र अझ बढी प्रभावित हुने गभर्नर अधिकारीले बताए ।

बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले बैंक तथा वित्तीय संस्थाले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै चर्को ब्याज लिएर बढी नाफा कमाएको सर्वसाधारणमा भ्रम परेको बताए । “बैंक तथा वित्तीय संस्थाहरु पारदर्शी छन् । उनीहरुले त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । तर, बढी नाफा कमाउन ब्याज बढाएको भन्ने भ्रम सर्वसाधारणमा परेको छ”, उनले भने । यद्यपि, बैंकको ब्याजदर वृद्धिका कारण उद्योग व्यवसायको निरन्तरतामा असर परेको गोल्यानको भनाइ छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०