सप्तरीमा सवारी दुर्घटनाम : दुई जनाको मृत्यु, दुई घाइते « Khabarhub

सप्तरीमा सवारी दुर्घटनाम : दुई जनाको मृत्यु, दुई घाइते


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको हुलाकी राजमार्ग खडक नगरपालिकामा बिग्रर राखिएको टिपरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बिग्रेर राखिएको स.१ ख ९२८ नम्बरको टिपरमा बोदे बर्साइनबाट राजविराजतर्फ आउँदै गरेका बा ८९प ३२१५ र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परी दुई जनाको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

बा ८९ प ३२१५ नम्बरको मोटरसाइकलका चालक खडक नगपालिका ११ बनौली बस्ने २० पर्षीय बैजु भनिने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको कोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका १० बस्ने २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलको पछाडी सवार डाक्नेश्वरी १० बस्ने २२ वर्षीय सुमन चौधरी र बा ८९ प ३२१५ नम्बरको कोटरसाइकलको पछाडि सवार खडक नगरपालिका ११ बनौली बस्ने २२ वर्षीय बुधन चौधरी घाईते भएका छन् ।

उनीहरूको उपचार भइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीइसपी नरेश कुमार सिंहले जानकारी दिए ।टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : १८ बजे

सविन-अनुलाई पुत्रलाभ

काठमाडौं– अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह आमाबुवा बनेका छन्

पिउने पानीको सुनिश्चित गर्न अभियान सञ्चालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज