गोरखामा सञ्चालित अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय « Khabarhub

गोरखामा सञ्चालित अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाभित्र सञ्चालनमा रहेका सबै अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय भएको छ । जिल्ला अनुमगन समितिको आज बसेको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिए ।

“दर्ता भई सञ्चालन रहेर पनि नवीकरण नभएका, आयोजनाको नाममा अनुमति लिएर आयोजना सम्पन्न भएपछि पनि सञ्चालन भइरहेका क्रसर उद्योग बन्द गर्ने निर्णय बैठकले गरेको छ”, उनले भने, “त्यसबाहेक आयोजनाको नाममा अन्यत्र निर्माण सामग्री बिक्री गर्दै आएका क्रसर उद्योग तथा अवैध बालुवा प्रशोधन उद्योग पनि बन्द गर्ने निर्णय गरिएको छ ।”

गोरखामा सञ्चालनमा रहेका अधिकांश क्रसर उद्योग दर्ता भएर पनि नवीकरण नभएको र दर्ता भएको ठेगानामा सञ्चालनमा नरहेको पर्यटन तथा घरेलु उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेलको भनाइ छ । जिल्लामा अहिले सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग, गोरखकाली क्रसर उद्योगले दर्ता नवीकरण नगरी उद्योग सञ्चालन गरिरहेका छन् । यी उद्योगको २०७३/७४ मा नै म्याद सकिएको भए पनि अहिलेसम्म पनि नवीकरण नगरी सञ्चालनमा रहेको उनले बताए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १० : ३७ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर